बंगलादेश विद्युत निर्यातको लागि त्रिपक्षीय ऊर्जा विक्री सम्झौता

बंगलादेश विद्युत निर्यातको लागि त्रिपक्षीय ऊर्जा विक्री सम्झौता (पीएसए) भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय विद्युत विक्री सम्झौता भएको हो । उक्त सम्झौतासँगै नेपालबाट तेस्रो मुलुकमा औपचारिक रुपमा विद्युत निर्यात गर्ने बाटो...

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदिप ज्ञवाली नियुक्त

बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदिप ज्ञवाली नियुक्त भएका छन् । बागमती प्रदेशको आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले उपकुलपतिमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको हो । एमालेका तर्फबाट ज्ञवालीलाई नियुक्त गरिएको हो...

बाढीपहिरोले ८०५ ठाउँ र ८ वटा पुलमा क्षति, २५ अर्ब लाग्ने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यही शुक्रबार रातिको बाढीपहिरो र डुबानका कारण देशभर क्षति पुगेका सडकलगायत पूर्वाधारको विवरण सार्वजनिक गरेको छ । सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री देवेन्द्र दाहालले क्षतिको विवरण, हालको अवस्था र अबको योजना पेश गरे ।...

पूर्वराजा ज्ञानेन्द्र भुटानमा

पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणका क्रममा भुटान पुगेका छन् । आज उनी ५ सदस्यीय टोलीसहित भुटानको राजधानी थिम्पुमा अवतरण भएका हुन् । पूर्वराजासँग पूर्वअधिकारकुमारी (छोरी) प्रेरणा र पूर्वशाहज्यादी (भतिजी) शिताष्मा पनि छन् । पारिवारिक सदस्य राजु सिंह पनि भ्रमण...

ढुंगाले च्यापिएर सुर्खेतमा एक महिलाको मृत्यु

ढुंगाले च्यापिएर सुर्खेतमा एक महिलाको मृत्यु भएको छ । घर लिप्ने माटो खन्ने क्रममा ढुंगाले च्यापिएर गुर्भाकोट नगरपालिका–६ सानोठकेनीकी ३८ वर्षीया ज्योती वलीको मृत्यु भएको हो । घर पोत्ने माटो खन्दै गर्दा माथिबाट खसेको ढुंगाले च्यापेर बिहिबार उनको मृत्यु...

बुलेटवाला तिवारीले समाचारविरुद्ध हालेको मुद्धामा दावी नपुग्ने अदालतको ठहर

समाचार लेखेको आधारमा हेटौंडाखबर डटकमविरुद्ध अर्जुन तिवारीले जिल्ला अदालत मकवानपुरमा हालेको मुद्धाको पूर्णपाठ आएको छ । हेटौंडाका पत्रकार इन्द्र प्रसाद बन्जारा (रमेश) लाई महिला प्रयोग गरेर जबर्जस्ती करणीको मुद्धा दर्ता गर्न लागाउने विषयको समाचारको विषयमा तिवारीले स्वस्तिक मिडिया प्रा.लिद्वारा...

जलवायु परिवर्तन : माघमै फुल्यो मकवानपुरको थाहामा लालीगुराँस (हेर्नुहोस तस्बिरहरु)

हेटौंडा,२८ माघ । मकवानपुरको बकैया गाउँपालिका ४ बस्ने सन्देश तामाङ माघ १५ गते त्रिभूवन राजपथ हुँदै काठमान्डौबाट हेटौंडा आए । बाटोमा पर्ने थाहा नगरपालिकाको क्षेत्रमा माघमै फुलेका राताम्मे लालीगुराँस देखेर उनी दङ्ग परे । सामान्यतया चैत–वैशाखमा फुल्ने लालीगुराँस यस...

मकवानपुर गोल्डकप : एनआरटीलाई टाइब्रेकरमा स्तब्ध पार्दै एपीएफले उचाल्यो उपाधी

हेटौंडा, २७ माघ ।  हेटौँडा ६ स्थित गौरीटार रंगशालामा जारी छैठौं संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको विभागीय टोली सशस्त्र प्रहरीको (एपिएफ) क्लबले जितेको छ । आज शनिबार भएको फाईनल खेलमा एनआरटी क्लबलाई टाइब्रेकरमा ४-५ गोलअन्तरले स्तब्ध पार्दै एपीएफले जित...

क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका निर्देशकसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका कामु निर्देशक दिनेश कुमार श्रेष्ठसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बारास्थित श्री राम प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका पूर्व शिक्षक योगेन्द्र प्रसाद यादवलाई बर्खास्त नगरी...

दोलखाबाट ४ किलो सुन बरामद

दोलखामा प्रहरीले ४ किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१, लामाबगरबाट सुन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन...