देउवा, पौडेल र कोइराला भेटेर फर्किए चितवनका कांग्रेस नेता

नेपाली कांग्रेस चितवनका नेताहरूले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र नेता डा. शेखर कोइरालालाई भेटेर फर्किएका छन्। भरतपुर महानरपालिका कांग्रेसले पाउनुपर्छ भन्दै तीन नेतालाई दबाब दिएर उनीहरू फर्किएका हुन् ।नेताहरूलाई भेट्न केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ,...

हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु

हेटौंडामा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१३ का अन्दाजी ३५ वर्षीय सहदेव गोलेको मोटरसाइकल धुने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । हेटौंडा–१३ पदमपोखरीस्थित शिवशक्ति...

एमालेले आर्थिक अवस्थाबारे पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्दै

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले देशको आर्थिक अवस्थाबारे आज पार्टीको धारणा सार्वजनिक गर्दैछ । एमालेले ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो १२ बजे पत्रकार सम्मेलन गर्दै पार्टीको धारणा सार्वजनिक गर्ने भएको हो । पार्टीले आज ३ जना पुर्वअर्थमन्त्रीहरुको उपस्थितिमा पत्रकार...

मकवानपुरमा उम्मेदवार टुंग्याउदै एमाले, हेटौंडाको मेयर,उप-मेयरको टुंगो आज

मकवानपुरमा नेकपा एमालेले आफ्नो उम्मेदवारहरुको धमाधम टुंगो गराइरहेको छ आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले वडादेखिकै सम्पूर्ण उमेदवार छानेर सिफारिस गरेको छ । जिल्लाको १ सय २ वटै वडामा वडाअध्यक्षसहित सदस्य पदका उम्मेदवार टुङ्ग्याएको हो।...

निगमसँग पाँच दिनलाई पुग्ने पेट्रोल र आठ दिनलाई पुग्ने डिजेल मात्रै, इन्धन पूर्ति भएन भने के हुन्छ ?

निरन्तर घाटा ब्योहोर्दै आएको नेपाल आयल निगमले अब कसरी पेट्रोलियम पदार्थ आयात गर्छ भनेर चिन्ता सुरु भएको छ । कारण, निगमसँग पेट्रोलियम पदार्थ खरिदका लागि अब कोषमा रकम सकिन थालेको छ । निगमको कोषमा २५ करोड रुपैयाँ मात्र मौज्दात...

नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ अन्तरले पराजित

एएफसी फुटसल एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ को अन्तरले पराजित भएको छ । कीर्गिस्तानको बिश्केकमा भएको खेलमा उज्वेकिस्तानलाई जित दिलाउन रोपिइभ इख्तियोरले दुई तथा खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले समान एक एक गोल गरे...

हेटौंडामा लागुऔषधसहित २२ वर्षीय युवक पक्राउ

हेटौंडा उपमहानगरपालिका -७ नागस्वती बस्ने २२ वर्षीय सन्देश ब्लोनलाई नियन्त्रित लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।  लागुऔषध ट्रामा १ हजार ४० पिस, नाईट्राभेट ५ सय २५ ट्याब्लेट र कोरेक्स १० बोतलसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनको घरमा...

पत्रकार धमलालाई प्रेस काउन्सिलमै बोलाइयो, स्पष्टीकरण सन्तोषजनक नभएको ठहर

प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई स्पष्टीकरणका लागि बोलाएको छ। प्रेस काउन्सिल नेपालको आज बसेको समिति बैठकले धमलालाई थप छलफलका लागि काउन्सिलमै बोलाउने निर्णय गरेको हो।  धमलाले यसअघि बुझाएको स्पष्टीकरण सन्तोषजनक नभएपछि उनलाई  बयानका लागि बोलाएको काउन्सिलका अध्यक्ष बालकृष्ण...

देशको अर्थ व्यवस्थाबारे तीन जना पूर्वअर्थमन्त्रीलाई राखेर पत्रकार सम्मेलन गर्दै एमाले

नेकपा एमालेले मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ । ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा आज दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन आयोजना गरी एमालेले पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो । एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका...

एनसेलले ल्यायो नयाँ वर्षमा आकर्षक अफर

नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ । यी अफरहरु आइतबारबाट, संचालनमा आएको कम्पनीले जनाएको छ । यस आकर्षक न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले ७...