पशुपति क्याम्पसमा पढ्ने २७ वर्षीया युवती मृत फेला

पशुपति क्याम्पसका बीए तेस्रो वर्षमा अध्ययनरत युवती मृत फेला परेकी छन् । भोजपुरको हतुवागढी गाउँपालिका-२ की २७ वर्षीया नीला राई मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार राईको बायाँ हातको नाडीमा ब्लेडले काटेको देखिएको...

प्रियंका चोपडा ‘मार्भल’ स्टारसँग नयाँ हलिउड फिल्ममा देखिंदै

प्रियंका चोपडा अर्को हलिउड फिल्ममा अनुबन्धित भएकी छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मार्भल अभिनेता एन्थोनी म्याकीसँग आगामी फिल्म ‘इन्डिङ थिङ्स’मा उनलाई देख्न पाइने भएको हो । अमेजन स्टुडियोमा निर्माण सुरु भएको फिल्मले एक सार्पसुटर (बन्दुक हान्ने) महिलाको कथा भन्छ...

सरकारी टोलीलाई पशुपति धर्मशाला प्रवेशमा रोक

पशुपति धर्मशालामा होटल सञ्चालन गरिरहेको बतास समूहले सरकारी टोलीलाई प्रवेशमा रोक लगाएको छ। अनुगमनको लागि धर्मशाला पुगेको सरकारी टोलीलाई सञ्चालकले गेटमै रोकेका छन्। सरकारी टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएका हुन्। बतास समूहका प्रतिनिधिले...

थपिए १२ कोरोना संक्रमित, ८९ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर  १२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । चार हजार ३४९ वटा नमूना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो । आज ८९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६९ मा...

सनराइज बैंक शाखारहित अन्तर बैंक रकमान्तर सेवा

सन्राइज बैंक लिमिटेडले सेवा विस्तार गर्ने क्रममा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुले ‘अन्तर बैंक रकमान्तर सुविधा’ लिन सक्ने व्यवस्था गरेको छ । यस सुविधा अन्र्तगत सन्राइज बैंकका शाखारहित बैंकिङ्ग सेवामा आबद्ध ग्राहकले आफ्नो खातामा भएको रकम विभिन्न बैंक तथा...

नेपाल बारमा गठबन्धनको प्यानल नै विजयी,

नेपाल बारको २६औँ कार्यसमितिका लागि भएको चुनावमा सत्ता गठबन्धन निकट कानुन व्यवसायीहरुको प्यानल नै विजयी भएको छ। डिएलएका गोपालकृष्ण घिमिरे नेतृत्वको प्यानलले एमाले निकट कानुन व्यवसायी पिपिएलका विष्णुमणि अधिकारीको प्यानललाई नै पराजित गरेको छ। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी...

विद्युतीय कार चार्ज गर्न कति खर्च लाग्छ ?

 पछिल्लो समय भएको युक्रेन–रुस युद्धको प्रभावले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिका कारण नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । अहिलेको पेट्रोलको हाहाकार , बढ्दो सहरी प्रदुषण लगायत अन्य धेरै कारणले इन्धन्युक्त सवारीसाधनको विकल्पको रुपमा विद्युतीय सवारीसाधनलाई...

राप्रपा नेपालको निर्वाचन घोषणापत्र सार्वजनिक

राप्रपा नेपालले स्थानीय तह निर्वाचन घोषणापत्र र चुनाव चिन्ह ‘तीर’ को सार्वजनिक गरेको छ । पार्टीले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गरेको हो । राप्रपा अध्यक्ष कमल थापाले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा भ्रष्टाचार र घुसखोरी विरुद्ध...

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन चैत २७ गतेदेखि

नेपालका स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको आठौं राष्ट्रिय शिखर सम्मेलन चैत २७ गते आइतबारदेखि सुरु हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हुने सम्मेलनमा देशभरबाट प्रतिनिधि वैज्ञानिकहरूको भौतिक तथा भर्चुअल उपस्थिति रहने परिषद्ले जनाएको छ । तीन दिनसम्म...

वीरगन्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

वीरगन्जमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ। पर्सा जिल्ला तेक्वान्दो संघले आयोजना गरेको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको समुद्घाटन, मधेस प्रदेशका उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माले गरे। शनिबारसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका खेलाडीहरुको सहभागिता रहेको छ।...