जाली फटाहाहरुलाई हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौँ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जाली फटाहाहरुको संज्ञा दिएका छन् । उनले उनीहरुलाई आगामी निर्वाचनबाटै ठेगान लगाउन सक्ने पनि जिकिर गरे ।  ‘हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौँ । महान जनताको साथ हामीसँग छ’, शुक्रबार प्रेस चौतारीको कार्यक्रमलाई...

पित पत्रकारिता नभई जिम्मेवार पत्रकारिता आजको आवश्यकता : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा प्रेस स्वतन्त्रताको छोटो इतिहास भए पनि त्यसमा राम्रो फड्को मारेको बताएका छन्। नेकपा एमाले निकट पत्रकारहरूको पोखरामा सुरु भएको प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्।...

काभ्रेकाे महाभारत हुँदै हेटौंडा जोड्ने सडकलाई ५० करोड छुट्याइने

बागमती प्रदेश सरकारले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा रहेकाे पिन्थलीबाट महाभारत गाउँपालिकाको घर्तीछाप, गोकुले हुँदै हेटौँडा जोड्ने सडककाे लागि ५० करोड रुपैयाँ छुट्याउने निर्णय गरेको छ । प्रदेश राजधानी हेटौँडा जोडिने सडक स्तरोन्नतिका लागि मात्र दुई अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययनबाट...

अहिले हामी अनियन्त्रित स्वतन्त्रताको अवस्थामा पुगेका छौं : केपी ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधासभाबाट जारी भएको संविधानले प्रेस स्वतन्त्रतालाई पूर्ण रूपमा स्वीकारेको बताएका छन् । पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । उनले भने, ‘प्रेस स्वतन्त्रता...

आागलागीबाट जगदम्बा स्पिनिङ मिल्सको ४ करोडको क्षति

आागलागीबाट जगदम्बा स्पिनिङ मिल्स लिमिटेडको ४ करोड बराबरको क्षति भएको छ । उद्योगले एक विज्ञप्ति जारी गर्दै टीएफओ मेसिन, विद्युतीय प्यानल, विद्युतीय तार लगायतका सामग्री जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको जनाएको हो । मिल्समा विद्युतीय सर्ट...

एमसीसीमा ठेक्का पार्न निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजनाअन्तर्गत हुने पूर्वाधार निर्माणमा टेण्डर पार्न निर्माण व्यवसायीहरुलाई आह्वान गर्नुभएको छ । एमसीसी परियोजना छिट्टै शुरु हुने र त्यसको ग्लोबल टेण्डर लाग्ने भएकाले नेपाली निर्माण व्यवसायीहरुलाई ठेक्का पार्न उहाँले हुटहुटी लाउनुभएको हो ।नेपाल निर्माण व्यवसायी...

अहिलेको महँगी नियन्त्रणभन्दा बाहिर गयो : शहरी विकासमन्त्री झाँक्री

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अहिलेको महँगी आफूहरूको नियन्त्रणभन्दा बाहिर रहेको बताएकी छन्। नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले विश्व बजारमा आएको अर्थतन्त्र मन्दीका कारण महँगी नियन्त्रण नेपालको हातमा मात्र नरहेको बताइन्। आजको महँगी हाम्रो नियन्त्रणमा छैन।...

आजबाट ‘बकैया कला–साहित्य महोत्सव–२०७८’

आजबाट मकवानपुरको बकैया गाउँपालिकामा तेस्राे ‘बकैया कला–साहित्य महोत्सव–२०७८’ सुरु हुदैछ । झरना साहित्यिक परिवार मकवानपुरले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा तेस्रो ‘बकैया कला–साहित्य महोत्सव–२०७८’ आयाेजना गरेकाे झरना परिवारका सचिव मसान उपासकले जानकारी दिए । महाेत्सव २ दिन चल्नेछ ।...

एमसीसी टेन्डरका लागि तयार रहन प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना टेन्डरका लागि तयार रहन निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । अमेरिकी आर्थिक सहयोग तथा परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट संसदबाट पास भई कार्यान्वयनको चरणमा गइसकेको अवस्थामा अब छिट्टै अन्तर्राष्ट्रिय स्तरमा सार्वजनिक टेन्डर हुने...

कांग्रेसको सबै जिल्ला कार्यसमितिको बैठक आज

चुनावी प्रचार अभियान सम्पन्न गर्न ७७ वटै जिल्लामा कांग्रेस कार्यसमितिको बैठक शुक्रबारका लागि बोलाइएको छ। आइतबारदेखि एक महिनासम्म कांग्रेसले स्थानीय चुनाव केन्द्रित प्रचार अभियान गर्दैछ। पार्टी र भ्रातृ संस्थालाई व्यापक रुपमा परिचालन तथा केन्द्रको निर्णय कार्यान्वयन गर्नका लागि सबै...