सरकारले ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने

सरकारले ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विभिन्न गम्भीर प्रकारका रोगकाे उपचार तथा सहुलियतका लागि १ अर्ब ५० करोड विनियोजन गरिएको जानकारी दिएका हुन् ।      

हेटौंडा नगरकार्यपालिका सदस्यमा एमालेका ८ जना निर्वाचित

हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका सदस्यमा ८ जना निर्वाचित भएका छन् । निर्वाचित सबै नेकपा एमालेका हुन् । आइतबार सम्पन्न मतदानबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका हुन् । निर्वाचित नगरसभा सदस्य ९७ जनाबाट ५ जना महिला र दलित तथा...

अदालतले रोकेको निजगढ विमानस्थललाई बजेटमा समेटियो

अदालतले निर्माण रोकेको निजगढ विमानस्थल निर्माणको लागि सरकारले बजेट व्यवस्थापन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने योजना बजेटमार्फत सार्वजनिक गरेका छन् । गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्ण...

मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइप लाइन निर्माण गरिने

सरकारले मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइप लाइन निर्माण गर्ने भएको छ । आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बाराको अमलेखगन्जदेखि मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइप लाइन बनाउने जानकारी दिएका हुन् । हाल...

वैदेशिक रोजगारीबाट फर्केकालाई सहुलिय कर्जा उपलब्ध गराइने

सरकारले वैदेशिक रोजगारीवाट फर्केकाहरुलाई प्रोत्साहन दिन ‘ब्यालेन्स फन्ड’ स्थापना गरी सहुलियत कर्जा उपलब्ध गराइने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट सार्वजनिक गर्दै यसको जानकारी दिएका हुन्। उनले युवा उद्यमी र वैदेशिक रोजगारवाट फर्केका लागि ब्यालेन्स फन्ड बनाई सहुलियत...

कृषि आधुनिकीकरण परियोजनाका लागि ५ अर्ब ९० करोड विनियोजन

 आगामी आर्थिक वर्षको बजेटमा कृषि आधुनिकीकरण परियोजनाका लागि ५ अर्ब ९० करोड विनियोजन गरिएको छ। अर्थमन्त्री शर्माले आज संसद्मा सार्वजनिक गरेको बबजेटमा यो कुरा उल्लेख छ। बजेटमा उल्लेख छ, ‘आगामी आर्थिक वर्ष आत्मनिर्भरताको लागि राष्ट्रिय अभियान वर्ष हुनेछ। नेपालको...

आगामी ३ वर्षभित्र भूमिहीन दलितहरूलाई आवास उपलब्ध गराउने

आगामी ३ वर्षभित्र भूमिहीन दलितहरूलाई आवास उपलब्ध गराउने भएको छ । सरकारले बजेट भाषणमार्फत ती भूमिहीन दलितहरूलाई आवास दिलाउने घोषणा गरेको हो ।      

आगामी वर्ष आयात २० प्रतिशत घटाइने, ५ वर्षमा व्यापार सन्तुलन

सरकारले आगामी आर्थिक वर्ष नेपालको आयात २० प्रतिशतले घटाउने लक्ष्य लिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा नेपालको व्यापारघाटा घटाउने रणनीति लिने जनाए ।उनले आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३० प्रतिशतले...

तारा एअरको विमान मानापाथी हिमालको फेदीमा दुर्घटना भएको पुष्टि

पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एअरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका दुई लारीकोटभन्दा माथिल्लो लाङिचगोला (मानापाथी हिमालको फेदी) मा जहाज जलिरहेको अवस्थामा फेला परेको नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले जानकारी दिनुभयो ।...

मन्त्रिपरिषद्‍बाट बजेट पारित

आइतबार बसेको मन्त्रिपरिषद्‍को बैठकले अपराह्न ४ बजे संसद्‍मा पेस गरिने बजेट पारित गरेको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको जानकारी दिए । सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार सार्वजनिक गर्दैछ । अपरान्ह ४ बजे बस्ने संसदको...