यौन हिंसाकाे उजुरी दिने हदम्याद बढाउन विधेयक दर्ता
सरकारले यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद बढाउन कानुन बनाउने तयारी थालेको छ । यौन हिंसामा परेकाले एक वर्षभित्र उजुरी दिनुपर्ने विद्यमान कानुनले पीडितले न्याय पाउन नसकेको आवाज उठिरहेका बेला सरकारले हदम्याद बढाउने गरी कानुन बनाउन लागेको हो । यसका...
नेतृत्वकर्ताबाटै गणतन्त्र मास्ने काम भयो : मुख्यमन्त्री पाण्डे
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गणतन्त्र संरक्षण र संस्थागत गर्न नसकेको बताएका छन् । उनले बागमती प्रदेश सरकारको आयोजनामा प्रदेश राजधानी हेटौंडामा भएको गणतन्त्र दिवसको एक कार्यक्रममा गणतन्त्रको संस्थागतका लागि काम गर्न नसक्नु अहिलेका राज्य व्यवस्थाको नेतृत्वकर्ताहरुको कमजोरी भएको...
हराएको जहाजको खोजी जारी, पाइलटको मोबाइलको नेटवर्क चलिरहेको पाइयो
आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको ‘अल्फा इको ट्यांगो’ कल साइन भएको विमानका पाइलटको मोबाइलको नेटवर्क चलिरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले विमानका पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको पाइएको जनाएको छ । त्यही अनुसार लोकेसन ट्रेसिङको काम...
हावाहुरीका कारण चितवनमा विद्युत् प्राधिकरणलाई मात्र ५० लाखभन्दा बढीको भौतिक क्षति
चितवनमा ६ जेठमा आएको हावाहुरीसहितको वर्षाका कारण विद्युत् प्राधिकरणलाई मात्र ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। प्राधिकरणको भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार जिल्लामा हावाहुरीले प्रभाव पारेको क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन ६ दिन लागेको छ। हावाहुरीले जिल्लाका विभिन्न...
मौसम खराब भएपछि सम्पर्कविहीन भएको जहाज खोज्न गएको हेलिकोप्टर जोमसोममै फर्कियो
मौसम खराब भएपछि जोमसोमबाट ताराको सम्पर्कविहीन टि्वनअटर खोज्न गएको हेलिकोप्टर फर्किएको छ । हुस्सु र पानी परेकाले खोजी र उद्धारका लागि गएको फिस्टेल एयरको हिलिकोप्टर फर्किएको हो । सम्पर्कविहीन भएको ताराको टि्वनअटर खोज्न जोमसोमबाट हेलिकोप्टर परिचालन गरिएको थियो ।
कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, प्रश्नपत्र अनलाइनबाटै
राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षा...
सरकारले आजअपरान्ह ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै
सरकारले आज अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दैछ । संघीय संसदको संयुक्त बैठकमा आज आगामी वर्षको बजेट प्रस्तुत गर्न लागिएको हो । हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज...
बागमतीमा यसरी मनाइयो गणतन्त्र दिवस
बागमती प्रदेश सरकारको आयोजनामा प्रदेश राजधानी हेटौंडामा गणतन्त्र दिवस मनाइएको छ । जेठ १५ गते अर्थात् राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन (गणतन्त्र दिवस)को अवसरमा बागमती प्रदेश सरकारले एक समारोह...
सम्पर्कविहीन जहाजमा चालक दलका सदस्यसहित २२ जना सवार
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमानमा...
पोखराबाट उडेको तारा एयरको विमान सम्पर्कविहीन
पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि...