डेढ घण्टामै ५६ अंकले घट्यो सेयर बजार

कारोबार सुरु भएको डेढ घण्टामै सेयर बजार ५६ अंकले घटेको छ । १२ बजेर ३५ मिनेट जाँदा सेयर बजारमा ५६ अंकको गिरावट आएको हो । केही दिनको बिदापछि खुलेको बजार २,२९५ बिन्दुमा झरेको हो ।      

बढेर आयो पेट्रोलियम पदार्थको भाउ, फेरि मूल्य बढ्ने

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ । जेठ २ गते आइओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो।...

हेटौंडा- ५ अपडेट : मेयरमा हलो अगाडि, वडामा सुर्य

हेटौंडा उपमहानगरपालिका- ५ मा हालसम्म १३६४ मतगणना गरिएको छ । एमालेको राम्रो पकड रहेको भनिएको वडामासमेत मेयरमा राप्रपाले अग्रता लिएको छ भने वडाअध्यक्षमा नेपाली कांग्रेस अघि लागेको छ । १३६४ मत गणना हुदा मेयरका लागि कलममा ३१७, सुर्यमा ३५४,...

विश्वभरि गहुँको मूल्यले बनायो कीर्तिमान

लूले उत्पादनमा असर गरेपछि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै सोमवार गहुँको मूल्यले कीर्तिमान कायम गरेको छ । युरोपेली बजार खुल्दा गहुँको मूल्य प्रतिटन ४३५ युरो पुगेको थियो । भारत गहुँ उत्पादनको दोस्रो ठूलो मुलुक हो । मार्च...

स्थगित भएका ६ जिल्लाका १४ केन्द्रमा आज मतदान हुँदै

वैशाख ३० गते स्थगन भएको १४ मतदान केन्द्र तथा उम्मेदवार मृत्यु भएको दुई पालिकामा मंगलवार मतदान जारी छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार वैशाख ३० गते अवरुद्ध भएको ६ जिल्लाको १४ मतदान केन्द्रमा आज बिहान ७...

हेटौंडा-४ अपडेट: सुर्यको गडमै हलो र रुखको अग्रता

हेटौंडा उपमहानगरपालिका- ४ मा हालसम्म  १३०४ मतगणना गरिएको छ । एमालेको राम्रो पकड रहेको भनिएको वडामासमेत मेयरमा राप्रपाले अग्रता लिएको छ भने वडाअध्यक्षमा नेपाली कांग्रेस अघि लागेको छ । १३०४ मत गणना हुदा मेयरका लागि कलममा २९८, सुर्यमा ३१८,...

सुनको मूल्य तोलामा २०० ले बढ्यो

मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । आइतबार प्रतितोला ९६ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मूल्य तोलामा २०० रुपैंयाले बढेर प्रतितोला ९६ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मूल्य...

सुनिता डंगोललाई १० हजार भन्दा धेरै मत

काठमाण्डौ महानगर पालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लैजाँदा उपमेयरमा भने एमालेले अग्रता बढाउँदै लगेको छ । पछिल्लो मत परिणाम अनुसार एमालेकी सुनिता डंगोलले १० हजार मत कटाउनु भएको छ । अहिलेसम्म उहाँले १०  हजार ४ सय...

प्रधानमन्त्री देउवाका भाइको निधन

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको निधन भएको छ। क्यान्सर रोगबाट पीडित प्रेमबहादुरको वीर अस्पतालमा उपचारका क्रममा मंगलवार बिहान निधन भएको प्रधानमन्त्री देउवाको प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए। उनको आजै अन्त्येष्टिको तयारी भइरहेको उनले...

नवौं राष्ट्रिय खेलकुद सर्ने सम्भावना

यही जेठको अन्तिम साता गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद पछाडि सर्ने भएको छ । कोभिड-१९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौं राष्ट्रिय खेलकुद २२ देखि २८ जेठसम्म गण्डकी प्रदेशमा  हुने तय भइसकेको थियो । तर,...