मतदातालाई बाँड्दै गरेको दुई बोरा छाता बरामद
पर्साको वीरगञ्ज महानगरपालिका–१० बालमन्दिरस्थित मतदान केन्द्र बाहिर मतदातालाई वितरण गर्न राखिएको दुई बोरा छाता प्रहरीले बरामद गरेको छ । जनता समाजवादी पार्टी (जसपा)को चुनाव चिह्न छाता हो । मतदान गर्न आएका मतदातालाई छाता दिँदै भोट मागेपछि अन्य पार्टीका उम्मेदवारले...
मतपेटिकामा खुसुक्क १२ मत खसाएपछि भिमदत्तको मतदान स्थगीत
कैलालीको भिमदत्त नगरपालिका वडा नं ९ मा मतदान स्थगीत भएको छ । पानी पर्न थालेपछि मतदान प्रभावित भएको बेला धाँधली भएको भन्दै दुई पक्षवीच विवाद बढेपछि मतदान नै स्थगीत भएको हो । नेकपा एमाले समर्थकले पानी परेर भिडभाड बढेको...
देशका १३ मतदान केन्द्रमा चल्यो गोली, केही ठाउँमा विवाद
स्थानीय तहको निर्वाचनमा मतदानका क्रममा विवाद हुँदा देशका विभिन्न जिल्लाका १३ मतदान केन्द्रमा गोली चलेको छ। शुक्रबार मध्याह्न १२ बजेसम्म विभिन्न मतदान केन्द्रमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर चलाउनु परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रामछापको सुनापति गाउँपालिकाको...
सर्लाहीमा मतदान अधिकृत पक्राउ
सर्लाहीको बलरामा मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बलरा नगरपालिका–३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राज किशोर साहलाई अमूक पार्टीको चुनाव चिन्हमा मतदान गर्न सिकाएको भन्दै प्रहरीले पक्राउ गरेको हो । पुरानो गाविस भवन मतदान केन्द्रमा खटिएका...
देशभर १२ बजेसम्म ३५ प्रतिशत मतदान
निर्वाचन आयोगले शुक्रबार मध्याह्न १२ बजेसम्म ३५ प्रतिशतको हाराहारीमा मतदान सम्पन्न भएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छिटफुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको बताए । ७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका...
मन्त्रीलाई मतदान केन्द्रमा जानबाट रोकियो
झण्डा हल्लाउँदै भोट हाल्न सुनसरी पुगेका एक मन्त्रीलाई मतदाताले लखेटेका छन् । नेपाली कांग्रेसका नेता तथा सञ्चार र सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुध्द बराहक्षेत्र–६ का मतदाताहरूले नाराबाजी गरेका हुन् । कार्कीविरूद्ध ‘एमसीसी चाहिँदैन,देश बेच्न पाइँदैन’ भन्दै स्थानीय भोटरहरूले नाराबाजी...
बागमतीका मुख्यमन्त्री पाण्डेद्वारा मतदान
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले धादिङको गजुरी गाउँपालिका–२ स्थित वडा कार्यालय भवन अमिलटार केन्द्रबाट मतदान गरेका छन्। त्यस्तै, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोटको पचाल झरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालय कोटिला केन्द्रबाट मतदान गरेका छन्। यस्तै शिक्षा, विज्ञान...
देशभर १२ बजेसम्म झण्डै ३५ प्रतिशत मत खस्यो
निर्वाचन आयोगले मध्याह्न १२ बजेसम्ममा झण्डै ३५ प्रतिशत मतदान भएको जनाएको छ । आज (शुक्रबार) बिहान सात बजेदेखि देशभर स्थानीय तह सदस्यका लागि निर्वाचन भइरहेको छ । आयोगले मध्याह्न १२ बजेसम्ममा झण्डै ३५ मतदाताले मतदान गरेको जनाएको हो ।...
प्रचण्डले मतपत्र पट्ट्याउन नजानेपछि
सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतपत्र पट्ट्याउन नजानेपछि सहयोगीले सिकाएका छन् । चितवनको भरतपुर महानगरपालिका–१६, शिवनगरस्थित प्रहरी विद्यालय केन्द्रबाट मतदान गरेका दाहालले मतपत्र पट्ट्याउन नजानेपछि सहयोगीले सिकाएका हुन् । मतपत्रमा मतसंकेत गरेपछि दाहालले पटक–पटक फरक–फरक...
हेटौंडामा ३० प्रतिशत मत खस्यो
हेटौंडामा ३० प्रतिशत मत खसेको छ । मध्याह्न १२ बजेसम्ममा हेटौंडा उपमहानगरपालिकाका विभिन्न मतदान केन्द्रमा ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जनकारी दिए । हेटौँडामा ५० हजार ७ सय २५ जना पुरुष, ५३ हजार ७ सय...