प्रचण्डकी छोरी गंगालाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)का वाग्मती प्रदेश कमिटी सदस्य गंगा दाहाललाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधिएको हो । उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन्...

भारतका प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणका लागि तयारी तीव्र

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुुम्बिनी भ्रमणका लागि तयारी तीव्र पारिएको छ । मोदी जेठ दुई गते गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने कार्यक्रम छ । प्रधानमन्त्री मोदीको भ्रमणका लागि सुरक्षा व्यवस्था मिलाउन हिजो भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) लुम्बिनी...

७ अफ्रिकी–अमेरिकीले सगरमाथा आरोहण गरे

रंगभेदविरुद्धको आवाज बुलन्द बनाउने उद्देश्यसहित अश्वेत अल्पसंख्यक समुदायका ७ जना अफ्रिकी–अमेरिकीले बिहीबार विश्वकै अग्लो शिखर सगरमाथामा ‘सामूहिक अश्वेत अल्पसंख्यक आरोहणको कीर्तिमान’ कायम गरेका छन् । विश्वभर अफ्रिकी–अमेरिकी र अन्य समुदायले भोग्नु परेको रंगभेदलगायतका विभेदविरुद्ध चेतना जगाउन संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका...

साउदी रियालको बिक्रीदर ३३.०३ रुपैयाँ, डलरको कति छ ?

आज एक अमेरिकी डलरको बिक्री दर १२३.८९ रुपैयाँ र खरिद दर १२३.२९ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको खरिद÷बिक्री दर तोकेको हो । यसैगरी, एक यूरोको बिक्री दर १३०.८० रुपैयाँ र बिक्री दर...

चार दिनमै शेयर लागीकर्ताको सम्पत्ति १ खर्ब ८५ अर्ब थपियो, परिसूचक १३० अंक बढ्यो

लगातार चार दिन शेयर बजार उकालो लागेसँगै लगानीकर्ताको सम्पत्तिमा पनि वृद्धि भएको छ । बजार बढेर ३२ सय विन्दुमा पुगेको समयमा आफ्नो आफ्नो सम्पत्ति धेरै देखेका लगानीकर्ताहरू पछिल्लो सयम बजार घट्दा तनावमा थिए । कतिपय लगानीकर्ताले त घाटा खाएरै...

हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग नगर्न सर्वोच्चको अन्तरिम आदेश

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौँडा अस्पताललाई अलग गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बागमती प्रदेशको तत्कालीन एमाले सरकारले प्रतिष्ठान स्थापना गरी संघीय सरकारको स्वामित्वमा रहेको अस्पताललाई गाभेको थियो । हेटौँडा अस्पताललाई तत्कालीन प्रदेश...

मतदातालाई बाँड्दै गरेको २६० बोतल रक्सी बरामद

कपिलवस्तु नगरपालिका–३ सानो बर्गदहवाबाट प्रहरीले रक्सी बरामद गरेको छ । मतदातालाई बाँड्दै गरेको अवस्थामा बुधवार कपिलवस्तु प्रहरीले बरामद गरेको हो ।  निवर्तमान वडाअध्यक्ष तथा क्रिकेट एसोसिएसन कपिलवस्तुका अध्यक्ष समेत रहेका वडा नम्बर ३ का उम्मेदवार प्रकाश गैरेमाथि रक्सी बाँड्न...

थप १३ जनामा कोरोना संक्रमण

 पछिल्लो २४ घन्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ३ सय ७६ पीसीआर परीक्षणमा १२ जना र १ हजार २ सय ५८ एन्टीजेन परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

सार्वजनिक बिदामा काम गर्ने कर्मचारीलाई सट्टा बिदा

गृह मन्त्रालयले सार्वजनिक बिदाका दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा उपलब्ध गराउने निर्णय गरेको छ । हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा यस किसिमबाट कर्मचारीको व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ । सरकारले परीक्षणको रुपमा आउँदो जेठ १ गतेदेखि...

मकवानपुरमा निर्वाचन बुथ सुरक्षाका लागि वाइसीएल खटिने

नेकपा माओवादी केन्द्र निकट युवाहरूको संगठन वाईसिएल मकवानपुरले स्थानीय तह निर्वाचनमा निर्वाचन बुथहरूकाे सुरक्षाको लागि वाइसीएल खटाउने भएकाे छ । निर्वाचनलाई भयरहित बनाउन र शान्ति सुरक्षा कायम गर्न वाइसिएल खटाउन लागेकाे वाइसिएल मकवानपुरका संयोजक लवराज ठकुरीले बताए । प्रत्येक...