हेटौंडा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-१५, शिखरपानीमा मोटरसाइकलको ठक्करबाट ६० वर्षीया मनमाया पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोमबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पाख्रिनको हेटौंडा ११ स्थित चुरेहिल...

एकैपटक ७ सय रूपैयाँ घट्यो सुनको भाउ

मंगलबार सुन-चाँदीको भाउ घटेको छ। आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा सात सय रूपैयाँ कम हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९८ हजार सात रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, मंगलबार...

निर्वाचन अधिकृतले मतपत्रमा रातो, निलो वा हरियो मसीले हस्ताक्षर गर्नुपर्ने

निर्वाचन अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलमबाहेक कलम/ डटपेनको प्रयोग गर्नु पर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचन आयोगले कालो, रातो, निलो वा हरियो प्रयोग गर्न निर्देशन दिएको हो । वैशाख ३० गते (शुक्रबार) हुने स्थानीय निर्वाचनको दिन अधिकृतले गर्ने प्रयोग हस्ताक्षरमा सिसाकलमबाहेक कालो, रातो, निलो...

मतदान गरेर मात्रै देउवा काठमाडौं फर्किने

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर मात्रै गृहजिल्ला डडेलधुराबाट काठमाडौं फर्किने भएका छन् । सोमबार चुनावी सभामा सहभागी हुन डडेलधुरा पुगेका देउवा अब चुनावपछि मात्रै काठमाडौं फर्किने भएका हुन्। देउवाले आज बिहान साढे १० बजे सदरमुकाम...

मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनकै नेताहरूबीच कुटाकुट

चुनावी माहोलको विषयमा मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनकै दलबीच कुटाकुट भएको छ । बकैया गाउँपालिका–७ कत्लेखोलामा भएको कुटाकुटबाट २ जना घाइते भएका छन् । चुनावी माहोलको विषयमा लफडा हुँदा नेपाली कांग्रेस निकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ताको परिचालन गरी माओवादी...

शेयर बजार बढ्यो

साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि शेयर बजार बढेको छ । हिजोदेखि शेयर बजारमा सकरात्मक संकेत देखिएको छ । आइतबार १७.९५ अंक बढेर २२५६.५८ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक आज पनि १२.२७ अंकले बढेर २२६८.८४ को...

पोखरा पुगेर ओलीले भने- मेरो विचार बुझ्ने बुद्धिजीवी नै छैनन्

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजीवीहरूप्रति आक्रोश व्यक्त गरेका छन् । एमाले पोखरा महानगरपालिकाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले भने,‘मेरो विचारलाई बुझ्ने बुद्धिजीवी नै छैनन् । मैले राखेको राष्ट्र निर्माणको विचारलाई उखान टुक्का भन्छन् । काँग्रेसले नेता...

राष्ट्रपति र उपराष्ट्रपतिले चिया पिउन थाल्नुभयो

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन सर्वाेच्च अदालत पुगेर चिया पिउन थाल्नु भएको छ । कानुन दिवसको अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुन पुग्नुभएको हो । कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटा,...

मकवानपुरमा निर्वाचनका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन

स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरमा यही वैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनमा तीन हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको छ । मकवानपुरमा १० स्थानीय तहको निर्वाचनका लागि १६५ मतदानस्थल र ३५६ मतदान केन्द्र रहेकाले त्यसको सुरक्षाका लागि तीन हजार २००...

रुसी आक्रमणमा २२६ युक्रेनी बालबालिका मारिए

रुसी आक्रमणमा कम्तीमा २२६ युक्रेनी बालबालिका मारिएको सरोकारवालाहरूले दाबी गरेका छन्। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेदेखि हालसम्म २२६ युक्रेनी बालबालिका मारिएको सोमबार त्यहाँका सरोकारवालाहरूले दाबी गरेका हुन्।युक्रेनको जनरल प्रोजिक्युटर्स कार्यालयले सामाजिक सञ्जाल टेलिग्राममार्फत सो दाबी गरेको हो। कार्यालयका अनुसार...