स्वास्थ्य संस्था/स्वास्थ्यकर्मीमाथि आक्रमण गरे पाँच वर्षसम्म कैद

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरिन् । तीमध्ये स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षसम्बन्धी अध्यादेश स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन गरी...

जेठ ३ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गते दिउँसो ४ बजे अधिवेशन आह्वान गरेकी हुन्। सोमबार संघीय संसद सचिवालयले पनि दुवै सदनको अधिवेशन आह्वान भएको संघीय संसदका सदस्यलाई उपस्थितिका लागि सूचना जारी गरेको...

नयाँ राष्ट्रपति चयनका लागि फिलिपिन्समा मतदान जारी

फिलिपिन्समा नयाँ राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ । सोमबार मतदाताहरूले नयाँ राष्ट्रपति चयन गर्नका लागि मतदान गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । मतदानका लागि ६ करोड ७५ लाख मतदाता योग्य छन् । यस मतदानमा मतदाताको...

एमालेले आफ्ना कार्यकर्ता कुटेको भन्दै राप्रपाको आपत्ति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आफ्ना नेता कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाउँदै उक्त घटनाबारे आपत्ति जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गरी एमाले र माओवादीले चुनाव प्रचारप्रसारमा हिँडेका कार्यकर्तामाथि आक्रमण गरेको राप्रपाले...

केन्या घोषणापत्र पारित गर्दै सकियो विश्व प्रेस काउन्सिलको बैठक

केन्याको राजधानी नैरोबीमा भएको विश्व प्रेस काउन्सिलको कार्यकारी परिषद्को बैठक केन्या घोषणापत्र पारित गर्दै सकिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा मे ३ तारिखका दिनदेखि आयोजित बैठक विभिन्न कार्यक्रमका साथ हिजो सम्पन्न भएको हो । चार दिनसम्म भएको...

कक्षा १२ को परीक्षा केन्द्र तोकियो

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको २३ गते बसेको बैठकले परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जनाएको छ । बोर्डले सूचना...

सबै जिल्लामा पुग्यो निर्वाचन सामग्री

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ। मतपत्र र अन्य सामग्री व्यवस्थापन गरी अधिकृतमार्फत सबै जिल्ला पठाइएको प्रमुख आयुक्त दिनेश  थपलियाले बताए। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार सबै कर्मचारीहरू २७ गतेसम्म...

नेपाल र जिम्बाब्बे ‘ए’ बीचको निर्णायक खेल ३३ ओभरको

नेपाल भ्रमणमा रहेको जिम्बाब्बे ए र नेपालबीचको अन्तिम तथा निर्णायक एकदिवसिय खेल सोमबार हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल निर्धारित समय अनुसार ९ बजे हुनु पर्ने थियो।तर, राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस १२ बजे...

सिडिओ कार्यालय कतै ८ दिन, कतै ७ दिन बन्द

जिल्ला प्रशासन कार्यालय गुल्मी हिजोदेखि आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ । स्थानीय तहको निर्वाचनमा कर्मचारीहरु खटिएकाले नागरिकतालगायतका कार्यहरु बन्द रहेको जनाइएको छ । कार्यालयले बैशाख २५ गतेदेखि ३० गतेसम्म सबै कार्य बन्द रहने जानकारी गराएको छ...

डलरको सटही मूल्य बढ्दै, आज अन्य मुलुकको मुद्राको दर कति छ ?

आज एक अमेरिकी डलरको बिक्री दर १२३.३७ रुपैयाँ र खरिद दर १२२.७७ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर तोक्दै डलरको खरिद/बिक्री दर तोकेको हो । यस्तै, एक युरोको बिक्री मूल्य १३०.१९ रुपैयाँ र खरिद...