प्रि ओपन सेसनमै घट्यो नेप्से,८ कम्पनी कारोबारमा
साताको अन्तिम कारोबार दिन (बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार ३१.७६ अंक घटेर २२७५.६८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२६ अंक घटेर २२७५.४३ विन्दुमा झरेको छ।...
राप्रपाले हेटौँडामा चुनावी सभा गर्दै, अध्यक्ष लिङ्देनले सम्बोधन गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले बैशाख २५ मा मकवानपुरको हेटौँडामा चुनावी सभा गर्ने भएको छ । आसन्न स्थानीय तहको निर्वाचनको प्रचार प्रसारको लागि राप्रपाले २५ बैशाखमा आमसभा गर्न लागेको हो । सभालाई पार्टी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देलले सम्बोधन गर्ने तयारी भएको...
देउवा भेट्न मानेनन् पाैडेलले
चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न अस्वीकार गरेका छन्। पौडेलजी आफ्नाे अडानमा रहेकाले देउवा भेट्न नमानेकाे चितवनका एक नेताले बताए। ‘उहाँ आफ्नाे अडानमा डग्नुभएकाे छैन। रेनुजीले उम्मेदवारी...
नेपालले टी–२० सिरिज बराबरीमा टुंग्यायो
ओपनर ब्याटर आसिफ शेखको उत्कृष्ट प्रदर्शनको सहयोगमा नेपाली टोलीले जिम्बावे विरुद्धको तीन खेलको टी–२० सिरिज १–१ बराबरीमा टुंग्याएको छ । बुधबार त्रिवि मैदानमा भएको खेलमा घरेलु टोली नेपालले जिम्बावे ‘ए’ टोलीलाई ८ विकेटले हराएसँगै सिरिज बराबरी गर्न सफल भयो...
एकैपटक १४ सय रूपैयाँ बढ्यो सुनको भाउ, चाँदीको कति?
गातार घटेको सुन-चाँदीको मूल्य आज बढेको छ। बिहीबार सुन प्रतितोला ९८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला १३ सय पाँच रूपैयाँ पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९७ हजार दुई...
कांग्रेसले जबरजस्ती उम्मेदवार उठाएको सुनमायाको आरोप, उम्मेदवारी रद्द गर्न माग
मकवानपुरको मकवानपुरगढी– ६ की महिला सदस्य उम्मेदवार सुनमाया स्याङ्तानले आफूले कांग्रेसले जबरजस्ती उम्मेदवार उठाएको भन्दै उम्मेदवारी रद्द गर्न माग गरेकी छन् । उनले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी रद्द गरिदिन आग्रह गरेकी हुन् । उनले आफू जन्मजात नेकपा एमालेको...
भारतमा २४ घण्टाभित्र तीन हजारभन्दा बढी संक्रमित फेला
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ३,२७५ नयाँ संक्रमित फेला परेका छन् । यसबाहेक पछिल्लो एक दिनमा ३०१० जना उपचारपश्चात् निको भएका छन् । यतिबेला ५५ जनाको कोरोना संक्रमणका कारण मृत्यु पनि भएको छ । देशमा कूल संक्रमितको संख्या –...
कृषि विकास बैंकको डलर कार्ड सेवा शुरू
कृषि विकास बैक लिमिटेडले डलर कार्डको सेवा शुरू गरेको छ । बैंकले आधुनिक प्रविधिको विकासलाई आत्मसाथ गर्दै डलर कार्ड सेवा शुरू गरेको हो । उक्त सेवाको शुरूवात वैशाख १५ गतेबाट विधिवत रूपमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले...
विश्व बैंकले नेपाललाई १८ अर्ब रुपैयाँ सहयोग गर्ने
विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर ( करिब १८ अर्ब ३१ करोड रुपैयाँ) बराबरको ऋण सहयोग दिने भएको छ । बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व तथा सुदृढीकरणमा सहयोग गर्ने गरी उक्त रकम उपलब्ध गराउने भएको हो । बुधबार...
नेपालमा थप १९ जनामा कोरोना पुष्टि, १८ जना निको भए
नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ८२१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १९ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २...