२० संक्रमित थपिए, २७ निको भए

पछिल्लो २४ घण्टामा देशभर थप २० जनामा कोरोना भाइरसको संक्रमण काेभिड-१९ पुष्टि भएको छ । यो अवधिमा २७ जना संक्रमित संक्रमणबाटमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार २ सय २२ जनाको नमुना परीक्षण गरिएको थियो । हाल सक्रिय...

स्थानीय निर्वाचनमा कुन तहका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूले तोकेको भन्दा बढी नपाउने निर्वाचन आयोगले जनाएको छ । आयोगले महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले  ७ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने जनाएको छ । यस्तै वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा...

पार्टीको घोषणपत्र लिएर जनतामाझ जान कार्यकर्तालाई ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थानीय तहको घोषणपत्र लिएर जनतासामु जान कार्यकर्तालाई निर्देशन दिएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौंमा जिफन्टले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले एमालेका प्रतिनिधिहरुलाई बिजयी गराउन आह्वान गरे। उनलेआवश्यक नरहेको व्यक्तिलाई नभइ एमालेका...

१७ जिल्लामा मतपत्र ढुवानी बाँकी

स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ । सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुनेछ भने अन्य जिल्लामा यसैसातामा पठाइनेछ । वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि...

राजपत्रमा छापियो अनुमोदन भएको एमसिसी सम्झौता

नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसिसी नेपाल राजपत्रमा प्रकाशित भएको छ । कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झण्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकाबाट...

केजीएफ च्याप्टर २ : एक हजार करोड कमाउने चौथो भारतीय फिल्म

दक्षिण भारतीय फिल्म ‘केजिएफ- च्याप्टर २’ एक हजार करोड क्लबमा प्रवेश गरेको छ। यस फिल्मले विश्वभरबाट एक हजार करोड भारतीय रूपैयाँ ग्रस कलेक्सन गरेको हो। यश अभिनित फिल्म एक हजार करोड क्लबमा प्रवेश गर्ने भारतकै चौथो फिल्म हो। यसअघि...

श्रमिक दिवसमा गृहमन्त्री तन्दुरी भोजनालयमा, कामदारको पारिश्रमिकमा चासो

गृहमन्त्री बालकृष्ण खाँडले काठमाडौं महानगरपालिका ३१ नयाँ बानेश्वरमा रहेको सामान्य भोजनालयमा पुगेर खाजा खादै अहिले रेष्टुराको अवस्थाबारे जानकारी लिएका छन् । शनिबार वानेश्वरस्थित लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालयमा पुगेर खाणले तन्दुरी रोटी खाँदै व्यवसायबारे जानकारी लिएका हुन् । कपिल पोखरेलले...

राप्रपा नेपालले माग्यो ‘सूर्य र तीर’ दुबै चिह्नमा भोट

राप्रपा नेपालले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एमालेको सूर्य र आफ्नै पार्टीको तीर चुनाव चिह्नमा भोट मागेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबार बसेको  सचिवालयको बैठकले आफ्ना उम्मेद्वार भएका गाउँ तथा नगरपालिकाहरुमा पार्टीको चुनाव...

भारतमा कोरोना संक्रमणको बढ्दो दर

पछिल्लो २४ घण्टामा भारतमा कोरोनका थप ३ हजार ३ सय २४ नयाँ संक्रमित भेटिएका छन् । यो अवधिमा २ हजार ७ सय ८३ जना संक्रमणमुक्त भएका छन् भने ४० जनाको मृत्यु भएको छ । चौथो लहरको आशंकाबीच सबैभन्दा धेरै...

एआईजी विश्वराज पोखरेललाई आईजीपी बनाउन गृह मन्त्रालयको प्रस्ताव

गृह मन्त्रालयले नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रमुख आईजीपी नियुक्त गर्न प्रस्ताव गरेको छ । स्रोतका अनुसार गृहले पोखरेलको नाम अघि सारेको हो । वरीयतामा पोखरेल अगाडि रहेकाले उनैलाई अगाडि सारिएको गृह स्रोतले जनाएको छ । प्रहरीमा पोखरेलसँगै,...