भागबन्डा नमिल्ने संकेतपछि एमालेसँग आन्तरिक छलफलमा सत्तारुढ दल

गोरखामा चुनावी तालमेलका लागि कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेको संयोजकत्वमा बनेको जिल्लास्तरीय संयन्त्रको बैठक १८ चैतदेखि औपचारिक रूपमा ६ पटक बसिसक्यो । तर, पटकपटक बसेको बैठकले सिट बाँडफाँटमा सहमति जुटाउन नसक्दा विनानिष्कर्ष बैठक टुंगिने गरेको छ । भागबन्डाको विषयमा कुरा...

शुक्रवार चार अमेरिकी सांसद र प्रतिनिधिसभा सदस्य नेपाल आउँदै

यसै हप्ताको शुक्रवार चार अमेरिकी डेमोक्रेट सांसद र एक प्रतिनिधिसभा सदस्य गरी पाँच जनाको टोली नेपाल आउने भएको छ । सिनेटर मार्क केली, सिनेटर कर्स्टन गिलिब्रान्ड, सिनेटर कोरी बुकर, एड मार्की र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स नेपाल आउन लागेका...

मकवानपुरमा गठबन्धनको भागबण्डामा सहमति जुट्ने सम्भावना निकै कम

मकवानपुर जिल्लामा ५ दलीय गठबन्धनको सहमतिको सम्भावना निकै कम रहेको बुझिएको छ । पटक पटक बैठक बसेर भागबण्डा मिलाउदा माओवादी केन्द्रले आफ्नो अडान नछाडेपछी गठबन्धनको बैठकबाट सहमति हुन नसक्ने कुरा आएको गठबन्धन स्रोतको दावी छ । ‘हामि धेरै चोटी...

नेविसंघको ५३औं स्थापना दिवस आज, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

आफ्नो स्थापना दिवसको अवसरमा नेविसंघले आज आगामी स्थानीय तहको निर्वाचनमा नेविसंघको भुमिकाको विषयक विचार गोष्ठीको आयोजन ागर्ने भएको हो । मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने उक्त कार्यक्रमलाई प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् ।यसको साथै नेविसंघले आफ्नो...

आजदेखि सातौँ कृषि गणना सुरु

सातौँ कृषि गणना आजदेखि सुरु भएको छ । कृषक परिवारको विवरणसँगै कृषि कर्मका हरेक विषय समेट्ने गरी थालिएको हो । नेपालमा विसं २०१८ देखि केन्द्रीय तथ्याङ्क विभागले हरेक १०–१० वर्षमा राष्ट्रिय कृषि गणना सञ्चालन गर्दै आएको छ । कृषि...

खुमलटारमा माओवादी बैठक जारी

चुनावी तालमेलबारे छलफल गर्न नेकपा माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक बसिरहेको छ। गठबन्धनको बैठक बस्नुअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पूर्वस्थायी कमिटी सदस्यको बैठक बसेको हो।सोमबार बसेको सत्ता गठबन्धनको बैठकले मंगलबार महानगरपालिहरूमा गठबन्धनको टुंगो लगाउने भनेको...

‘केजीएफ २’को हिन्दी भर्जनले चार दिनमा कमायो १९४ करोड

दक्षिण भारतीय फिल्म अभिनेता यशको फिल्म ‘केजीएफ २’को अहिले सिनेमा हलमा निकै राम्रो व्यापार गरिरहेको छ। तमिल, मलयालम, तेलगु, हिन्दी र कन्नड गरी पाँच भाषामा प्रदर्शन भएको उक्त फिल्मले हालसम्म ५५१ करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरिसकेको छ। यसबीच फिल्मको...

गभर्नर अधिकारीको मुद्दा हरि फुयाल श्रीमानको इजलासमा

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ । अधिकारीले सरकारको निर्णय बदर गराइपाउन र आफ्नो पदमा बहाली गर्नको निम्ति उत्प्रेषण माग गरिएको मुद्दा ९ नम्बर इजलासमा परेको छ । उक्त एकल इजलास न्यायाधीश...

सत्तारुढ गठबन्धनको बैठक दिउँसाे २ बजेलाई सर्‍यो

पाँच दलीय गठबन्धनको बैठक मंगलबार दिउँसो २ बजेलाई सरेको छ । बिहान साढे ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेलाई सरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । गठबन्धनमा महानगर र उपमहानगरको...

सुनको मूल्य एकै दिन ४०० रुपैयाँले घट्यो, चाँदीको भने स्थिर

स्थानीय बजारमा मंगलवार सुनको मूल्य घटेको छ । यो दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार...