शिवम् सिमेन्टको सर्वाधिक रू. ४ करोड १९ लाख बराबरको शेयर खरीदविक्री

साताको तेस्रो कारोबार दिन बुधवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा कारोबारमा आएका २१६ धितोपत्रमध्ये शिवम् सिमेन्टको धितोपत्रको सर्वाधिक शेयर खरीदविक्री भएको छ । सो अवधिमा कम्पनीको रू.४ करोड १९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य...

दुई जलविद्युत कम्पनीको आईपीओ आउँदै, बोर्डले दियो अनुमति

नेपाल धितोपत्र बोर्डले दुई वटा जलविद्युत कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । बोर्डले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दी खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै विन्ध्यवासिनी हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ...

४ वर्षमा २ अर्बको विद्युतीय गाडी आयात

गएको ४ वर्षमा नेपालमा करीब २ अर्ब रुपैयाँको विद्युतीय सवारीसाधन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा मुलुकमा १ अर्ब ९४ करोड ६० लाख रुपैयाँभन्दा बढीको विद्युतीय सवारीसाधन आयात भएको हो । इन्धनले चल्नेभन्दा विद्युतीय सवारीसाधनमा...

राष्ट्र बैंकद्धारा पछिल्लो ८ महिनाको आर्थिक विवरण सार्वजनिक

नेपाल राष्ट्र बैंकले पछिल्लो ८ महिनाको आर्थिक विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार अर्थतन्त्रका धेरै सुचकहरु नकरात्मक देखिएको छ । उपभोक्ता मुल्य सुचांकमा आधारित मुद्रास्फिती ७.१४ प्रतिशत देखाएको छ । त्यस्तै, खाद्य तथा पेय पद्धार्थको मुल्यमा...

८ महिनामा १६.३ प्रतिशतले घट्यो विदेशी मुद्राको सञ्चिती

चालु आर्थिक वर्षको ८ महिनामा (साउनदेखि फागुन मसान्तसम्म)मा वैदेशिक विनिमय सञ्चिती १६.३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ। २०७८ असार मसान्तमा  १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिती १६.३ प्रतिशतले घटेर २०७८ फागुन मसान्तमा ११...

विद्युतीय भुक्तानी कारोबार उल्लेख्य बढ्यो

चालु आर्थिक वर्षको आठ महिनामा विद्युतीय भुक्तानी कारोबार बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुन मसान्तसम्म विद्युतीय भुक्तानी कारोबार बढेको तथ्यांक सार्वजनिक गरेको छ । पूर्वाधारमा विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको...

चर्कियाे महँगी, ८ महिनामा ७.१४ प्रतिशत मूल्यवृद्धि

चालु आर्थिक वर्षको उपभोक्ता मूल्य वृद्धि ७.१४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू वर्षको फागुन ८ महिना(फागुनसम्म)मा उक्त महँगी बढेको अर्थात् मुद्रा स्फिती भएको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो वर्षको यही अवधिमा यस्तो...

२४०० अंकबाट झर्‍यो नेप्से

सेयर बजार परिसूचक नेप्से २३ सय अंकको लाइनमा झरेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा सामान्य वृद्धि भए पनि नियमित कारोबार सेसन सुरु भएपछि घट्न लागेको नेप्से पहिलो करिब आधी घण्टाको कारोबारमा करिब २५ अंकले गिरावट...

१५ दिनभित्र हकप्रद सेयरबापतको रकम जम्मा गर्न नेपाल फाइनान्सका सेयरधनीलाई आग्रह

नेपाल फाइनान्सले कम्पनीका सञ्चालक र आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले चुक्तापुँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने सञ्चालक तथा आधारभूत सेयरधनीलाई आफ्नो हकहिस्सामा पर्न आउने हकप्रद सेयरबापतको रकम जम्मा गर्न...

सुनको भाउ घट्यो

सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको हो । आइतबार प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर एक लाख २०० रुपैयाँमा...