नयाँ वर्षदेखि श्रम स्वीकृति अनलाइनबाट

वैदेशिक रोजगार कार्यालयले संस्थागत श्रम स्वीकृति अबदेखि अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । उक्त व्यवस्था आगामी वैशाख २ गतेदेखि लागु हुँदैछ । संस्थागत श्रम स्वीकृतिका लागि अबदेखि वैदेशिक रोजगार व्यवसायी वा प्रतिनिधि कार्यालय पुग्नुपर्ने बाध्यता हटेको...

कोरोना संक्रमण बढेपछि चीनको साङ्घाईमा अनिश्चितकालीन लकडाउन

कोभिड १९ संक्रमण बढेपछि चीन सरकारले साढे दुई करोड जनसंख्या भएको साङ्घाई सहरमा जारी लकडाउनको अवधि बढाएको छ । सुरुमा यस सहरको पूर्वी र पश्चिमी भागमा फरक फरक सुरक्षा उपायहरू अपनाइएको थियो । तर, अहिले सम्पूर्ण सहरमाथि नै अनिश्चितकालिन लकडाउन...

अमेरिकामा विमान दुर्घटना

अमेरिकाको टेक्सास राज्यमा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  अमेरिकाको संघीय उड्डयन प्रशासनका अनुसार सेस्ना टि यू २०६ एच नामक विमान दुर्घटनामा परेको हो । ह्युस्टन विमानस्थलबाट उडेको उक्त विमान मध्य टेक्सासको वाकोबाट करिब ५० किलोमिटर टाढा रहेको मारलिन एयरपोर्टमा दुर्घटनाग्रस्त भएको...

श्रीलंकाका अर्थमन्त्रीले नियुक्त भएको २४ घण्टा नबित्दै दिए राजीनामा

श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली साब्रीले २४ घण्टा नबित्दै राजीनामा दिएका छन् । सोमबार एकै पटक २६ जना मन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति गोटाबाया राजापाक्षले ४ जना नयाँ मन्त्री नियुक्त गरेका थिए । यसअघि न्याय मन्त्रीको जिम्मेवारीमा रहेका साब्रीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको...

अमेरिकामा सशस्त्र भिडन्त,६ जनाको मृत्यु

क्यालिफोर्निया राज्यको राजधानी साक्रामेन्टोमा सशस्त्र भिडन्त हुँदा छ जनाको ज्यान गएको छ । उक्त घटनामा कम्तीमा नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीले ट्वीटमार्फत् भनेको छ, ‘घटनामा कम्तीमा १५ जनालाई गोली लागेको छ । तीमध्ये छ...

चीनमा एकैदिन थपिए १३ हजार कोरोना संक्रमित

चीनमा एकैदिन १३ हजार बढी कोरोना संक्रमित थपिएका छन् । आइतबार थपिएका १३ हजार १ सय ४६ जना संक्रमित चीनमा पहिलो लहरपछिको उच्च संख्या हो ।पछिल्लो समयमा चीनमा नयाँ भेरियन्ट ओमिक्रोन १५ भन्दा बढी प्रान्तहरुमा फैलिइसकेको छ । १३...

अस्ट्रेलियाले जित्यो महिला क्रिकेट विश्वकप

अस्ट्रेलियाले इंग्ल्यान्डलाई ७१ रनले हराउँदै महिला क्रिकेट विश्वकपको उपाधि जितेको छ ।न्युजील्यान्डको क्राइस्टचर्चमा आइतवार भएको फाइनलमा अस्ट्रेलियाले ३५६ रनको विशाल स्कोर बनाएर इंग्ल्यान्डलाई २८५ रनमा सीमित गरी जीत हात पारेको हो । अस्ट्रेलियाका लागि विकेटकीपर ब्याट्सवुमन एलिसा हीलीले १७०...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः प्रभावित भएका छन् । गत सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आज बिहानदेखि काठमाडौँको...

विश्वकप फुटबलको ड्र आज राति

यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल २०२२ को ड्र आज राति हुँदैछ। विश्वकप आयोजक कतारको दोहामा हुने ड्र राति नेपाली समयअनुसार पौने दश बजे सुरु हुनेछ। यो वर्षको विश्वकप आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ तारिखसम्म कतारको...

रुसले भारी छुटमा भारतलाई तेल उपलब्ध गराउने

रुस र युक्र्रेनबीच चलिरहेको युद्धका कारण कच्चा तेलको मूल्य आकासिएको बेलामा रुसले भारतलाई सस्तो मूल्यमा तेल उपलब्ध गराउने भएको छ । रुसमाथि पश्चिमले लगाएको प्रतिबन्धका कारण उसले खुलेर तेल निर्यात गर्न पाएको छैन । त्यसैले भारतको जस्तो ग्राहकलाई रुसले...