रुसी विदेशमन्त्री सर्गेई लाभरोभ भारतमा

रुसले युक्रेनमा आक्रमण जारी राखेका बेला रुसी विदेशमन्त्री सर्गेई लाभरोभ भारतको दुईदिने औपचारिक भ्रमणमा नयाँ दिल्ली पुगेका छन् । लाभरोफ भारत आउनुअघि चीनको भ्रमणमा थिए जहाँ उनले बुधबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरेका थिए । लाभरोभले आफ्नो भ्रमणका...

कतार विश्वकपको खेल तालिका आज सार्वजनिक हुँदै

कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरिदैछ । यही नोभेम्बर र डिसेम्बर महिनामा कतारले विश्वकप फुटबल आयोजना गर्दैछ । कतारको ‘दोहा एक्जीबीसन एण्ड कन्फरेन्स सेन्टरमा’ आज एक भव्य समारोहका बीच विश्वकपको खेल तालिका सार्वजनिक गर्न लागिएको...

महिला विश्वकपको फाइनलमा इंग्ल्याण्ड र अस्ट्रेलिया भिड्ने

आईसीसी महिला एकदिवसीय विश्वकपको उपाधिका लागि साविक विजेता इंग्ल्याण्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएको छ । विहीबार भएको दोस्रो सेमिफाइनलमा घरेलु टोली दक्षिण अफ्रिकालाई १३७ रनले पराजित गरी इंग्ल्याण्डले अस्ट्रेलियासँगको भेट पक्का गरेको हो । वेष्ट इण्डिजलाई १५७ रनले...

रूसद्वारा मारिउपोलमा युद्धविरामको घोषणा

रूसको रक्षा मन्त्रालयले युक्रेनको तटीय सहर मारिउपोलमा युद्धविराम घोषणा गरेको छ । सर्वसाधारण नागरिकलाई सहरबाट सुरक्षित रूपमा बाहिर निकाल्नका लागि बिहीबार बिहानदेखि सुरु हुनेछ । “यस मानवीय अभियानको सफलताको लागि, हामी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त र रेड क्रसको...

नेपालका लागि नयाँ अमेरिकी राजदूतमा थम्प्सन सिफारिस

अमेरिकी राष्ट्रपति जो बाइडेनले डीन आर थम्प्सनलाई नेपालका लागि अमेरिकी राजदूतमा सिफारिस गरेका छन् । थम्प्सन अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी हुन् । उनी हाल विदेश मन्त्रालयको दक्षिण र मध्य एसिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिवको रूपमा काम गरिरहेका छन्...

रुसी आक्रमणका कारण ३९ लाख युक्रेनी पलायन

रुसी आक्रमणका कारण ३९ लाख युक्रेनी अन्य देशमा शरणार्थी बनेको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय युएनएचसीआरका अनुसार मङ्गलबारसम्म ३९ लाख युक्रेनीले देश छाडेका छन् । पछिल्ला दिनमा शरणार्थीहरूको दैनिक प्रवाह ४० हजार छ । देश छोडेका शरणार्थीहरू थकित र निराश महसुस गरेको युएनएचसीआरले जनाएको...

रुस र युक्रेनबीच आजपनि वार्ता हुदै

युक्रेन र रुसका प्रतिनिधिमण्डल आज फेरी पनि टर्कीमा भेटवार्ता हुदै छ । यी वार्तामा युक्रेनले आफ्नो भूभागको सार्वभौमसत्ता त्यागेर युद्धविरामको माग गर्दै आएको छ । इस्तानबुलमा हुने वार्ताका बारेमा युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले भनेका छन्- ‘हामी जनता, भूमि वा...

युक्रेन र रुसीबिच भौतिक उपस्थितिमा हुने अबको चरणको वार्ता मंगलबारका लागि तय

युक्रेन र रुसबीच भौतिक उपस्थितिमा हुने अबको चरणको वार्ता मंगलबारका लागि तय भएको छ। टर्कीको राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार मंगलबार राजधानी स्तानबुलमा वार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। आइतबार टर्किस राष्ट्रपति रिपेप तैयप एर्डोगान र रुसी राष्ट्रपति भ्लादिमिर...

स्थानीयको प्रदर्शनपछि परमाणु प्लान्ट रहेको चेर्नोबिलबाट रुसी सैनिक फिर्ता

चेर्नोबिल परमाणु प्लान्ट रहेको सहरबाट रुसी सैनिक फिर्ता भएको स्थानीय जनप्रतिनिधिले बताएका छन्। रुसी सैनिकले चेर्नोबिल प्लान्ट रहेको सहर स्लाभुटिजलाई कब्जा गरेका थिए। तर स्थानीय बासिन्दाको लगातारको प्रदर्शनपछि रुसी सैनिक सहर छोडेर गएको मेयर युरी फोमिचेभलाई उद्धृत गर्दै समाचार...

अष्ट्रेलिया प्रवेश गर्न अब पीसीआर नचाहिने

अष्ट्रेलिया प्रवेश गर्न अब पीसीआर रिपोर्ट नचाहिने भएको छ । अष्ट्रेलियाका प्रमुख विमानसेवा कम्पनीका अधिकारीसँगको छलफलपछि त्यहाँका स्वास्थ्यमन्त्री ग्रेग हन्टले विदेशी यात्रुले अष्ट्रेलिया प्रवेश गर्नुअघि पीसीआर परीक्षणको व्यवस्था हटाइएको जानकारी दिएका हुन् । ‘अहिले अष्ट्रेलियामा प्रवेश गर्नको लागि उडानपूर्व पीसीआर परीक्षण अनिवार्य छ, अब अष्ट्रेलिया आगमनको लागि उडानपूर्वको पीसीआर परिक्षण गरिरहन पर्दैन ।’ मन्त्री हन्टले भने...