राष्ट्रिय खेलकुदको लोगो डिजाइनरले ५० हजार प्राप्त गर्ने

हेटौंडा खबर
४ बैशाख २०७९, आईतवार १३:२३

नवौं राष्ट्रिय खेलकुदका लागि लोगो डिजाइन गर्नेले ५० हजार प्राप्त गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) आइतबार एक सूचना जारी गरी गण्डकी प्रदेशमा जेठ २२ देखी २८ आयोजना हुने राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट, गीत र नारा पेश गर्न आव्हान गरेको छ । राखेपले वैशाख ११ गते भित्र लोगो, मस्कट, गीत रचना र नारा पेश गर्न आव्हान गरेको छ ।

सूचना अनुसार छनोट भएका लोगोका डिजाइनरले ५० हजार प्राप्त गर्नेछन् । मस्कट डिजाइनरलाई २५ हजार, गीत रचनाकारलाई २० हजार र नारा लेख्नेलाई १० हजार प्रदान गरिने सूचनामा उल्लेख छ ।


राष्ट्रिय खेलकुदको लोगोमा गण्डकी प्रदेशको प्रतिबिम्ब झल्कने, नवौं राष्ट्रिय खेलकुद झल्कने तथा खेलकुद समेटिएको र शक्तिको प्रतिक भएको हुनुपर्ने शर्त राखिएको छ ।

त्यसैगरी, मस्कटमा गण्डकी प्रदेशको प्रख्यात जनावर राख्नुपर्ने, गीत रचना बढीमा चार मिनेटको हुनुपर्ने, राष्ट्रिय भावनाले ओतप्रोत भएको, खेल, खेलाडीको भावना समेटिएको हुनु पर्ने शर्त राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*