नेपाल टस जितेर जिम्बावेविरुद्ध बलिङ्‌मा

हेटौंडा खबर
१९ बैशाख २०७९, सोमबार १२:५४

आज हुने जिम्बावेविरुद्ध दोस्रो टी-२० खेलमा नेपालले टस जितरे बलिङ्‌ गर्ने भएको छ।

जिम्बावे ‘ए’ बीचको खेल अहिले १:०० बजेदेखि टियु क्रिकेट मैदानमा हुँदैछ।

आईतबार भएको खेलमा जिम्बावेसँग नेपाल ७ बल अगावै ६ विकेटले पराजित भएको थियो।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु