जेठ ४ गते बजेट अधिवेशन आह्वान गर्न सिफारिस
सरकारले आगामी जेठ ४ गतेका लागि बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ ।
आइतवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ४ गते दिउँसो ४ बजे बस्ने गरी अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले जानकारी दिए ।
बजेट जेठ १५ गतेभित्र ल्याइसक्नुपर्ने हुन्छ ।
बजेटअघि संसदमा राष्ट्रपतिले सरकारका वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने परम्परा छ ।सभामुखको भूमिकालाई लिएर एमालेले गत वर्षको भदौ २३ गतेदेखि संसद् अवरोध गरेका कारण संसदमा राष्ट्रपति जाने/नजाने अन्योल छ ।