डलरको सटही मूल्य बढ्दै, आज अन्य मुलुकको मुद्राको दर कति छ ?
आज एक अमेरिकी डलरको बिक्री दर १२३.३७ रुपैयाँ र खरिद दर १२२.७७ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर तोक्दै डलरको खरिद/बिक्री दर तोकेको हो । यस्तै, एक युरोको बिक्री मूल्य १३०.१९ रुपैयाँ र खरिद मूल्य १२९.५६ रुपैयाँ छ भने पाउण्ड स्टर्लिङको बिक्री मूल्य १५२.२२ रुपैयाँ र खरिद मूल्य १५१.४८ रुपैयाँ छ । यस्तै, ८७.३२ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिद मूल्य ८६.९० रुपैयाँ छ ।
यस्तै, ८९.०३ रुपैयाँमा बिक्री भइरहेको सिंगापुर डलरको बिक्री मूल्य ८८.६० रुपैयाँ छ भने १० जापानी येनको बिक्री मूल्य ९.४५ रुपैयाँ र खरिद मूल्य ९.४० रुपैयाँ छ । चिनियाँ युवानको बिक्री दर १८.५१ रुपैयाँ र खरिद दर १८.४२ रुपैयाँ छ ।
यसैगरी, साउदी रियालको बिक्री मूल्य ३२.८९ रुपैयाँ कायम हुँदा खरिद मूल्य ३२.७३ रुपैयाँ छ । यता कतारी रियालको बिक्री मूल्य ३३.६८ रुपैयाँ र ३३.५२ रुपैयाँ छ । यस्तै, संयुक्त अरब इमिरेट्सको बिक्री मूल्य ३३.५९ रुपैयाँ र खरिद मूल्य ३३.४२ रुपैयाँ छ ।
मलेसियन रिंगटको बिक्री मूल्य २८.२३ रुपैयाँ र खरिद मूल्य २८.०९ रुपैयाँ छ । यस्तै, कोरियन १०० वनको बिक्री दर ९.७१ रुपैयाँ र बिक्री दर ९.६७ रुपैयाँ तोकिएको छ ।