शेयर बजार बढ्यो

हेटौंडा खबर
२६ बैशाख २०७९, सोमबार १६:३४

साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि शेयर बजार बढेको छ । हिजोदेखि शेयर बजारमा सकरात्मक संकेत देखिएको छ ।

आइतबार १७.९५ अंक बढेर २२५६.५८ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक आज पनि १२.२७ अंकले बढेर २२६८.८४ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका २२२ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०१ रुपैंया बराबरको शेयर कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुदाँ नेपाल दूसञ्चार कम्पनी (टेलिकम) को सर्वाधिक कारोबार भएको छ । कम्पनीले ७ करोड ८३ लाख बढीको कारोबार गरेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहको शेयर घटेको छ । सबैभन्दा धेरै व्यापार उपसमूह बढेको छ ।

आज पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ८ सय ३९ रूपैयाँ ८० पैसा पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*