सेयर बजारका सबै सूचक बढे

हेटौंडा खबर
२७ बैशाख २०७९, मंगलवार १५:३०

यो साता लगातार तेस्रो दिन मंगलबार पनि बढेपछि सेयर बजारको परिसूचक नेप्से २३ सय अंक नाघेको छ । मंगलबार नेप्से ४४ अंकले बढेको हो ।

सो अंकको वृद्धिपछि नेप्से २३१३ अंकमा कायम भएको छ । २२ सयनजिकसम्म झरेको बजार यसअघि आइतबार १८ र सोमबार १२ अंकले बढेको थियो । कुल १ अर्ब ३५ करोड रुपैयाँ बराबरकाे कारोबार भयो ।

मंगलबार बजारका सबै सूचक बढेका छन् । बैंकिङ २२, विकास बैंक १०३, फाइनान्स ५४, होटल तथा पर्यटन ३६, जलविद्युत् ९६, जीवन बीमा २३६, उत्पादन ६२, माइक्रोफाइनान्स ८६, निर्जीवन बीमा १२४, अन्य ३५ र ब्यापार उपसमूह सूचक १४ अंकले बढे । कुल १८१ कम्पनीको मूल्य बढ्दा ९ को घट्यो भने ४ को स्थिर रह्यो ।

३ कम्पनीहरु बरुण हाइड्रो, ङादी ग्रुप र जल्पा सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । युनिभर्सल पावरको मूल्य ९.९ तथा दिव्यश्वरी हाइड्रोको ९.१ प्रतिशतले बढ्यो । धेरै कारोबार हुने कम्पनीमा ङादी ग्रुप, अरुणभ्याली, टेलिकम, बरुण हाइड्रो र नबिल बैंक क्रमश: रहे ।

यसमा तपाइको मत

Your email address will not be published.


*