लिग तथा क्लब समन्वय कमिटिबाट राजीनामा

हेटौंडा खबर
२७ बैशाख २०७९, मंगलवार १५:५२

फुटबलका पूर्व खेलाडी बिदुर बिष्टले लिग कमिटि र क्लब समन्वय कमिटिबाट राजीनामा दिएका छन् ।

अखिल नेपाल फुटबल संघले खेलाडी र प्रशिक्षकविच भएको असमझदारीको यथार्थ पत्ता लगाउन गठित समितिको सदस्यमा नियुक्त गरिएकोले छानविन प्रभावित हुन सक्ने भन्दै राजीनमा दिएको बिष्टले जानकारी गराए ।

हालै नेपाली फुटबल खेलाडी र प्रशिक्षकविच असमझदारी भई विवाद बढन् गएकाले अखिल नेपाल फुटबल संघले उक्त असमझदारीका सत्य तथ्य पत्ता लगाउन छानविन समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु