बकैया गाउँपालिका अपडेट- प्रमुख, उपप्रमुखमा गठबन्धन अगाडी

हेटौंडा खबर
३१ बैशाख २०७९, शनिबार १७:४९

मकवानपुरको बकैया गाउँपालिकामा मतदान जारी छ ।

६ सय मत गणना हुँदा पालिका अध्यक्षका लागी गठबन्धन तर्फका नेपाली कांग्रेसका धर्मराज लामिछाने २८४ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेकी सरला बोलखेले १७४ मत प्राप्त गरेकी छन् ।

त्यस्तै गाउँपालिकामा उपाध्यक्षमा गठबन्धन तर्फका नेकपा माओबादी केन्द्रका भक्त बहादुर खत्रीले ३२० मत प्राप्त गरेका छन् भने एमालेका लाल बहादुर स्यान्तांगले १८१  मत प्राप्त गरेका छन् । बकैयामा १३६ मत बदर भएको छ ।

कुल मतदाता २९ हजार ९ सय ४३ जना रहेको गाउँपालिकामा २१ हजार ६ सय ३८ मत खसेको थियो । यस गाउँपालिकामा १२ वटा वडा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*