सुनको मूल्य घट्यो कतिमा हुँदैछ कारोबार

हेटौंडा खबर
१८ जेष्ठ २०७९, बुधबार १२:०७

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रूपैयाँ तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको सुन आज प्रतितोला ८०० रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रूपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार २५० तोकिएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*