पल शाहको मुद्दामा उच्च अदालत पोखरामा बहस सकियो

हेटौंडा खबर
१९ जेष्ठ २०७९, बिहीबार १७:३०

एक नाबालिगमाथि जबर्जस्ती करणीको अभियोग सामना गरिरहेका पल शाहको मुद्दामा उच्च अदालत पोखरामा भइरहेको सुनुवाइको बहस सकिएको छ ।

न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा बहस भएको थियो । आरोपित पल तनहुँ कारागारमा छन् ।

कारागार चलान गर्ने जिल्ला अदालतको फैसलाविरुद्ध पलका वकिलहरूले उच्च अदालतमा निवेदन दिएका थिए । पललाई साधारण तारेखमा रिहा गर्नुपर्ने भन्दै उनीहरूको माग छ । अब आदेशको प्रतीक्षा छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु