अब हेटौंडा अस्पतालको ओपिडी टिकट मोबाइलबाटै काट्न सकिने, घन्टौ लाइन बस्नुपर्ने समस्या हट्दै
हेटौंडा अस्पतालको ओपिडी टिकट अब मोबाइलबाटै काट्न सकिने भएको छ ।
मोबाइल एपमार्फत आफुलाई चाहिएको ओपिडी सेवाको टिकट अनलाइनबाटै लिन सकिने सेवा आजबाट सुरुवात गरेको अस्पतालले जनाएको छ ।
अस्पतालमा बिमा बाहेकका बिरामीका लागि अनलाइन टिकटको सुविधा संचालन गरिएको हेटौंडा अस्पताल संचालन तथा व्यवस्थापन समिति सदस्य उत्सव चौलागाईंले जानकारी दिए ।
आजबाट बिमा बाहेकका बिरामीले मोबाइलबाटै आफुलाई चाहिने चिकित्सकको ओपिडी समय लिन सक्नेछन् । त्यसका लागि हेटौंडा हस्पिटल एप डाउनलोड गर्नु पर्नेछ । बिमाका बिरामीको हकमा पनि यो सुबिधा केहि दिन पछी लागु गरिने अस्पतालले जनाएको छ ।
अब अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ। टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्न नपर्ने सुबिधा हेटौंडा अस्पतालले ल्याएको छ ।
आजदेखि सुरु भएको यो सेवाको बारे नागरिकलाई बुझाउन अस्पताल परिसरमा हेल्प डेस्कको समेत स्थापना गरिएको छ । बिरामी र बिरामीका आफन्तलाई अनलाइनबाट किटक कसरी काट्ने र कसरी पैसा तिर्ने भन्ने सिकाउनको लागि डेस्क राखिएको अस्पतालले जनाएको छ ।
कसरि काट्ने किटक ?
सुरुमा तपाई मोबाइलको प्ले स्टोरमा जानुहोस ।
hetauda hospital टाइप गरि उक्त एप डाउनलोड गर्नुहोस । एप खोलेपछि सुरुमा आफ्नो मोबाइल नम्बर राख्नुहोस ।
ओटिपि कोडको लागि एकैछिन कुर्नुहोस । तपाइको मोबाइलमा कोड आएपछि उक्त कोड राख्नुहोस अनि virefy बटममा थिच्नुहोस ।
त्यसपछि तपाइँको जिमेल एकाउन रोज्ने अप्सन आउछ एउटा एकाउन्ट रोज्न सक्नुहुन्छ ।
त्यसपछि तपाइको व्यक्तिगत विवरण भर्नुहोस् र Submit मा थिच्नुहोस ।
पासवर्ड राख्ने २ वटा कोठा देखिने छ । उक्त कोठाहरुमा तपाइँले सम्झिने पासवर्ड राख्नुहोस । २ वटै कोठामा राखिएको पासवर्ड एकै हुनुपर्नेछ ।
त्यसपछि तपाइको ठेगाना राख्ने स्थान आउनेछ, माथि skip भन्ने बटम देखिएपनि यो तपाईले अनुवार्य भर्नु पर्नेछ ।
तपाइँको व्यक्तिगत विवरण पुरा भयो ।
अब तपाईलाई के सम्बन्धि समस्या छ सम्बन्धित नाममा थिच्नुहोस । कति गते चिकित्सकलाई भेट्नुपर्ने हो सोहि गतेमा थिच्नुहोस ।
अब तपाई नयाँ बिरामी हो या पुरानो हो छुट्याउनुहोस्, नयाँ हुनुहुन्छ भने नयाँमा थिच्नुहोस । त्यहाँ तपाइको नाम देख्नुहुनेछ त्यहाँ थिच्नुहोस । (पुरानो बिरामी भए ओपिडी नम्बर राख्नुहोला )
त्यहाँ तपाइको विवरण आउने छ । अब तपाइले ओपिडी टिकटको शुल्क तिर्नु पर्ने हुन्छ । तल pay now मा थिच्नुहोस ।
टिकट लिनको लागि ४ वटा माध्यम देखिन्छन् । आइएमइ पे, कनेक्ट आइपिएस् , ए-सेवा र खल्ती एप । तपाईले यी ४ मध्ये एक छानेर ओपिडी शुल्क ३० रुपैंया अनलाइनबाट भुक्तानी पर्नुपर्ने छ ।
अब तपाइकोको ओपिडी टिकट काटिएको छ । तपाइले रोज्नु भएको दिन सम्बन्धित स्वास्थ्य समस्याको चित्कित्सक बस्ने कोठामा तपाईको टिकट पुग्ने छ । धन्यबाद ।