हेटौंडा अस्पतालको ओपिडी टिकट मोबाइलबाटै यसरी काट्नुहोस्

हेटौंडा खबर
१ श्रावण २०७९, आईतवार १५:१९

हेटौंडा अस्पतालको ओपिडी टिकट अब मोबाइलबाटै काट्न सकिने भएको छ ।

मोबाइल एपमार्फत आफुलाई चाहिएको ओपिडी सेवाको टिकट अनलाइनबाटै लिन सकिने सेवा आजबाट सुरुवात गरेको अस्पतालले जनाएको छ । आजबाट बिमा बाहेकका बिरामीले मोबाइलबाटै आफुलाई चाहिने चिकित्सकको ओपिडी समय लिन सक्नेछन् ।  त्यसका लागि हेटौंडा हस्पिटल  एप डाउनलोड गर्नु पर्नेछ । बिमाका बिरामीको हकमा पनि यो सुबिधा केहि दिन पछी लागु गरिने अस्पतालले जनाएको छ ।

यसरी काट्न सकिन्छ हेटौंडा अस्पतालको टिकट  

सुरुमा तपाई मोबाइलको प्ले स्टोरमा जानुहोस ।

hetauda hospital टाइप गरि उक्त एप डाउनलोड गर्नुहोस । एप खोलेपछि सुरुमा आफ्नो मोबाइल नम्बर राख्नुहोस ।

ओटिपि कोडको लागि एकैछिन कुर्नुहोस । तपाइको मोबाइलमा कोड आएपछि उक्त कोड राख्नुहोस अनि virefy बटममा थिच्नुहोस ।

त्यसपछि तपाइँको जिमेल एकाउन रोज्ने अप्सन आउछ एउटा एकाउन्ट रोज्न सक्नुहुन्छ ।

त्यसपछि तपाइको व्यक्तिगत विवरण भर्नुहोस् र Submit मा थिच्नुहोस ।

पासवर्ड राख्ने २ वटा कोठा देखिने छ । उक्त कोठाहरुमा तपाइँले सम्झिने पासवर्ड राख्नुहोस । २ वटै कोठामा राखिएको पासवर्ड एकै हुनुपर्नेछ ।

त्यसपछि तपाइको ठेगाना राख्ने स्थान आउनेछ, माथि skip भन्ने बटम देखिएपनि यो तपाईले अनुवार्य भर्नु पर्नेछ ।

तपाइँको व्यक्तिगत विवरण पुरा भयो ।

अब तपाईलाई के सम्बन्धि समस्या छ सम्बन्धित नाममा थिच्नुहोस । कति गते चिकित्सकलाई भेट्नुपर्ने हो सोहि गतेमा थिच्नुहोस ।

अब तपाई नयाँ बिरामी हो या पुरानो हो छुट्याउनुहोस्, नयाँ हुनुहुन्छ भने नयाँमा थिच्नुहोस । त्यहाँ तपाइको नाम देख्नुहुनेछ त्यहाँ थिच्नुहोस । (पुरानो बिरामी भए ओपिडी नम्बर राख्नुहोला )

त्यहाँ तपाइको विवरण आउने छ । अब तपाइले ओपिडी टिकटको शुल्क तिर्नु पर्ने हुन्छ ।  तल pay now  मा थिच्नुहोस ।

टिकट लिनको लागि ४ वटा माध्यम देखिन्छन् । आइएमइ पे, कनेक्ट आइपिएस् , ए-सेवा र खल्ती एप ।  तपाईले यी ४ मध्ये एक छानेर ओपिडी शुल्क ३० रुपैंया  अनलाइनबाट भुक्तानी पर्नुपर्ने छ ।

अब तपाइकोको ओपिडी टिकट काटिएको छ ।  तपाइले रोज्नु भएको दिन सम्बन्धित स्वास्थ्य समस्याको चित्कित्सक बस्ने कोठामा तपाईको टिकट पुग्ने छ ।