हेटौंडा क्याम्पसमा परिक्षा दिन आएकी छात्रामाथि दुर्व्यवहार, चिट छ भन्दै भित्री वस्त्र खोल्न लगाएको आरोप
हेटौंडामा परिक्षा दिन आएका विद्यार्थीमाथि दुर्व्यवहार गरिएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् ।
मंगलबार हेटौंडा-४ स्थित हेटौंडा क्याम्पसमा बि.एड. दोस्रो वर्षको परिक्षा दिन आएका मकवानपुर बहुमुखी क्याम्पसका २ विद्यार्थीलाई प्राध्यापकबाट दुर्व्यवहार भएको विद्यार्थीहरुले बताएका छन् ।
परिक्षा हलमा पस्ने बेला २ छात्रालाई चिट लिएर आएको भन्दै पाइन्ट र भित्री वस्त्रसमेत खोल्न लगाइएको विद्यार्थीहरुले आरोप लगाएका छन् । २ मध्ये एक छात्रालाई महिनावारी भएको छु भन्दा समेत प्याड भित्र चिट होला भन्दै भित्रि वस्त्र खोल्न लगाइएको उनीहरुले बताएका छन् ।
यो विषयमा दुर्व्यवहार गर्ने प्राध्यापक र क्याम्पस प्रशासनलाई कानुनि कारवाही हुनुपर्ने विद्यार्थीहरुले माग गरेका छन् । उक्त घटनाबारे विभिन्न विद्यार्थी संगठनहरुले विज्ञप्ति निकालेर घोर भत्सना गरेका छन् । तत्काल घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने विद्यार्थी संगठनहरुले आवाज उठाएका छन् ।