धार्मिक पर्यटन विकास समिति संयोजकमा भीमसेन महत चयन
मकवानपुर जिल्लाभित्रका धार्मिक पर्यटन क्षेत्रको एकीकृत रुपमा विकास गर्ने उद्देश्यले गठित समिति संयोजकमा नेपाली कांग्रेसका युवा नेता भीमसेन महत चयन भएका छन् । मंगलबार भएको भेलाबाट महतको नेतृत्वमा धार्मिक पर्यटन विकास समिति मकवानपुर गठन गरिएको हो ।
समितिमा सहसंयोजक इश्वरीप्रसाद न्यौपाने, सचिव विनोद महत, सहसचिव बासुदेव खतिवडा र कोषाध्यक्ष राममान श्रेष्ठ रहेका छन् । यस्तै, सदस्यहरुमा क्रमशः केदार चौलागाईं, रामानुज वाग्ले, चित्रप्रसाद भट्ट, जगन्नाथ पाण्डे, शालिकराम अधिकारी, अर्जुनप्रसाद तिमल्सिना, राजीव सुवेदी र रविन्द्र घिमिरे रहेका छन् ।
समितिले पहिलो चरणमा हेटौंडाभित्रका संरचना निर्माण भएका मन्दिरको गुरुयोजना बनाउने र स्थानीय तथा प्रदेश सरकारलाई बजेट विनियोजन गर्न आग्रह गर्ने उद्देश्य रहेको महतले जानकारी दिए ।
‘अब स्थानीय र प्रदेश सरकारलाई छिटपुट रकम विनियोजित नगरी एकीकृतरुपमा गुरुयोजना अनुसार बजेट छुट्याउन हामी अनुरोध गर्नेछौं ।’, महतले भारतीय सीमा क्षेत्रका धार्मिक पर्यटकलाई मकवानपुर भित्र्याउन आवश्यक प्रचारप्रसार कार्य समितिले अगाडि बढाउने जानकारी दिए ।