बस्तिपुर जेसीजको आयोजनामा निशुल्क स्वास्थ्य शिविर
मकवानपुरको मनहरी गाउँपालिकाका महिलाहरुले पाठेघरको मुखको क्यान्सर सम्बन्धि निशुल्क जाँच गराएका छन् ।
बस्तिपुर जेसीज हाडीखोलाको आयोजना र नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोगमा शुक्रबार एक दिने महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क जाँच शिविरमा महिलाहरुले जाँच गराएका हुन् ।
मनहरी गाउपालिका वार्ड नम्बर ४ को समन्वयमा भएको कार्यक्रममा बस्तिपुर जेसीज हाडीँखोलाका अध्यक्ष तेज प्रसाद उप्रेती (रमेश) को सभाध्यक्षता तथा मनहरी गाउपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो ।
वनकरिया बस्तीलाई लक्षित गरि आयोजना गरिएको शिविरमा ७८ जनाको जाँच गरिएको बस्तिपुर जेसीजले जनाएको छ । शिविरमा दुईजनाले १२ वर्षे अस्थाई परिवार नियोजनको साधनको सेवा लिएका थिए ।
शिविरका लागि मनहरी गाउँपालिका र स्व. जानुका रेग्मी स्मृति स्वास्थ्य सेवा तथा सूचना फाउन्डेशनले औषधी सहयोग गरेको थियो ।