हेटौंडामा हुने ‘कोरा साइकल र्‍याली’को तयारी पूरा

हेटौंडा खबर
२० श्रावण २०७९, शुक्रबार १७:५१

हेटौंडा राइडर्स क्लबको आयोजनामा शनिबार हुने कोरा साइकल र्‍यालीको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

विहान ७ बजे हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरबाट सुरु हुने साइकल र्‍यालीमा करिब दुई सयजना सहभागी हुने र तयारी सबै पुरा भएको क्लबका अध्यक्ष विकास ताम्राकारले जानकारी दिए ।

कोरा साइकल र्‍याली करिव  ५० किलोमिटरको हुने आयोजकले जनाएको छ  ।

हेटौंडाका विभिन्न क्षेत्र, मठमन्दिर तथा पर्यकीय स्थलको परिक्रमा गर्दै, भुटनदेवी मन्दिरबाट हर्नामाडीस्थित गुम्बाडाँडा पुगेर हटियाहुँदै हेटौंडा बजारस्थित बुद्धचोकमा आएर साइकल र्‍याली टुंगिने बताइएको छ ।

कार्यक्रमका लागि हेटौंडा उपमहानगरपालिका तथा विभिन्न संघसंस्थाबाट आर्थिक सहयोग भएको र कार्यक्रममा करिब ३ लाख ७० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष ताम्राकारले जानकारी दिए ।