हेटौंडाको नेशनल पोलिक्लिनिक बिना दर्ता संचालन, प्रशासनले बन्द गरायो

हेटौंडा खबर
२५ श्रावण २०७९, बुधबार २१:२२

हेटौंडाको नेशनल पोलिक्लिनिक बिना दर्ता संचालनमा रहेको भन्दै प्रशासनले बन्द गराएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा आज गरिएको हेटौंडा बजार अनुगमनका क्रममा नेशनल पोलिक्लिनिक बिना दर्ता संचालनमा रहेको भेटिएकाले बन्द गराइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए  ।

जिल्ला प्रशासनको संयोजनमा  हेटौंडा उपमहानगरपालिका, उद्योग बाणिज्य संघ मकवानपुर, उपभोक्ता सित संरक्षण मञ्च सहितको ५ टोलीले हेटौंडाका अस्पताल, मेडिकल, खाद्यान्न सामाग्री, मासु पसल, डेरी, फेन्सीलगायतका पसलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा बिना दर्ता संचालनमा रहेका स्वास्थ्य सस्थालाई बन्द गराएको, बढी बेडको अस्पताल संचालन गर्नेलाई चेतावनीसहित निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।