विदेशी शक्तिको चलखेलका कारण कम्युनिष्ट पार्टी टुक्रा पर्यो

हेटौंडा खबर
२५ भाद्र २०७९, शनिबार २२:०५

राष्ट्रिय प्रजातन्त्र पार्टी  नेपालका अध्यक्ष कमल थापाले विदेशी शक्तिको चलखेलका कारण कम्युनिष्ट पार्टी ३ टुक्रा परेको बताएका छन् । राप्रपा नेपालले आज हेटौँडामा गरेको कार्यकर्ता भेलालाई संवोधन गर्दै अध्यक्ष थापाले विदेशी शक्तिको आडमा एमालेलाई पराजित गर्न गठवन्धन निर्माण भएको उनले बताए ।

उनले नेकपा एमाले नेतृत्वको सरकारले आफ्नो भु-भाग समेटेर चुच्चे नक्सा निकालेपछि रुष्ट्र भएको विदेशी शक्तिले एमाले सरकार ढालेको थापाले आरोप लगाए ।

उनले बर्तमान सरकार गठन भए यता नागरिकले शान्ति र स्थायित्व प्राप्त गर्न नसकेको बताएका छन् । सबैलाई भाग पुर्याउन सरकार परिवर्तन गरिरहने, मन्त्रालय थप्ने र प्रधानन्यायाधीश विरुद्ध माहाभियोग लगाउने जस्ता गतिविधि गरेको र गठबन्धन सरकारले राष्ट्रलाई घात हुने काम मात्र गरेको आरोप लगाए  ।

कुनै समय एक अर्काको टाउको काटन तम्सने माओवादी र कांग्रेसको सत्ता गठवन्धन के कारणले भयो भन्ने प्रश्नको जवाव जनताले बुझिसकेको भन्दै अध्यक्ष थापाले राष्ट्रियता पक्षधरलाई कमजोर पार्न विदेशी शक्तिले कांग्रेस-माओवादीको प्रयोग गरेको बताए ।

उनले आउँदो निर्वाचनमा राष्ट्रवादी शक्तिहरु एक हुन जरुरी रहेको समेत स्पष्ट पारे ।