हेटौंडामा वातावरण जाेगाउन जलचर प्राणी संरक्षण समिति गठन
मकवानपुरमा वातावरण संरक्षण तथा सम्वर्द्धन गर्नकाे लागि अभियान सन्चालन गरिने भएकाे छ ।
अभियानलाई सार्थक बनाउन जलचर प्राणी संरक्षण तथा सम्वर्धन समिति गठन गरिएकाे आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै समितिले आफ्नो कामबारे जानकारी दिएको छ ।
भिमसेन महतकाे संरक्षकत्वमा गठन गरिएकाे समितिको संयोजकमा विनोद महत, सचिवमा नवराज खतिवडा, कोषाध्यक्षमा गोकर्ण सुवेदी रहेका छन् । समितिकाे सदस्यहरुमा कपिल खड्का, गणेशकुमार खड्के, रमेश ढकाल, अशोककुमार बर्तौला, भवनाथ अधिकारी र भीमसेन खड्का रहेका छन् । सल्लाहकारमा नरहरि महत रहेका छन् ।
समितिले योजनाबद्धरुपमा विज्ञसँग सल्लाह र सहकार्य गरेर काम गर्ने बताइएको छ ।
समितिका संरक्षक भीमसेन महतले जनावर माछा र मानिसकाे जीवनमा कामलाग्ने जडिबुटि लगायतकाे बृक्षराेपण पहिलाे प्राथमिकता रहेकाे संरक्षक महतले जानकारी दिए । यस्ता कार्य गर्न समेमा तामक्रम ३ देखि ५ डिग्रिसम्म घटाउन सकिने बैज्ञानिकहरुकाे भनाइलाई उद्धृत गर्दै महतले हाम्राे शरिर प्रत्यक्ष रुपमा बनस्पतीसँग जाेडिएकाे बताए । बनस्पती नष्ट हुँदै जाँदा राेगहरु बढिरहेकाे भन्दै महतले मानिस भन्दा १०० गुणा बढि जनावर,त्यसकाे १०० गुना बढि चराचुरुङ्गी र त्यसकाे १०००गुणा बढि बनस्पति हुनुपर्ने इकाेसिस्ट रहेकाे बताए । यसाे हुन सकेका मात्र बातावरणलाई पहिलेकै अवस्थामा फर्काउन मद्दत पुग्ने र मानव जीवन स्वस्थ रहने बताए ।
समितिले छिट्टै नदीनाला, खोल्साखोल्सी लगायतका पानीका स्रोतहरु रहेको स्थानमा पुरानै अवस्थामा ल्याउन खाेलाहरुमा भुरा माछा छाेड्ने, वडा पिच्छे खाली चाैर बनाउने, वन जंगलहरुमा केरा, स्कुस हर्राे, बर्राे, अमला, जामुन, क्यामुन, निम, बकाइनाे लगायतका बिरुवाहरु लगाउनेसहितका अभियानहरु शुरु गरिने महतले जानकारी दिए । उनले राज्यका तीनवटै निकायले यसबारे अध्ययन अनुसन्धान गरि उचित रकम बिनियाेजन गर्न ध्यानाकर्षण समेत गराए ।