हेटौंडामा १६-१६ मिटर सडक भत्काउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ- मुख्यमन्त्री
मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवालले मंगलबार प्रधानमन्त्री देउवा र मुख्यमन्त्री पाण्डेलाई बजार क्षेत्रको राजमार्ग हटाउन र १६–१६ मिटर सडक फराकिलो बनाउन ध्यानाकर्षण गराएका छन् । ज्ञापनपत्र बुझाउँदै कटुवालले हेटौंडाको मुख्य सडकबाट राजमार्ग लैजादा हजारौ परिवार सुकुम्वासी हुने र अरबौं रुपको नोक्सानी हुने भएकाले बाइपासबाट राजमार्ग लैजानुपर्ने लगायतका माग गरे ।
जवाफमा मुख्यमन्त्री पाण्डेले दाँया–बाँया १६/१६ मिटर सडक फराकिलो बनाउन प्रधानमन्त्री तयार रहेको बताए । ‘संघका प्रतिनिधिसहित हामीले केही समयअघि प्रधानन्त्रीज्यूलाई भेटेरै सडकको विषयमा छलफल गरेका थियौँ,’ पाण्डेले भने, ‘उहाँलाई केही समयपछि बुझाउन सक्यौँ र १६–१६ मिटर फराकिलो बनाउनेमा तयार हुनुभयो ।’ पाण्डेले २५–२५ मिटर सडक भत्काउनु पर्छ भन्नेमा प्रधानमन्त्री देउवा रहेको भन्दै बजारभित्रको राजमार्ग अन्यन्त्रबाट लैजाने प्रस्ताव गरेपछि उनी सकारात्मक भएको बताए ।
देउवाले तत्काल भौतिक पूर्वाधार मन्त्रीसँग छलफल गरेर १६–१६ मिटर सडक फराकिलो बनाउन निर्देशन दिए पनि भौतिक पूर्वाधार मन्त्रीसँग भेट हुन नसकेकाले काम रोकिएको पाण्डेको भनाइ थियो । ‘भौतिकमन्त्रीज्यूलाई २ पटकसम्म भेट्न गएँ तर उहाँलाई भेटिएन ।
त्यसैले सडक फराकिलो बनाउने कुरा अगाडि बढेको थिएन । अब पहल गर्छौ,’ उनले भने ।