बुटवल–नारायणगढ सडक निर्माण आगामी आर्थिक वर्षभित्रै सक्ने

हेटौंडा खबर
१५ जेष्ठ २०८०, सोमबार १८:४८

निर्माणाधीन बुटवल–नारायणगढ सडक आगामी आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार संसद्‍मा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै सडकका लागि आवश्यक बजेट विनियोजन गरिएको बताए ।