पूर्वराजा ज्ञानेन्द्र भुटानमा

हेटौंडा खबर
१७ आश्विन २०८१, बिहीबार १८:४३

पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणका क्रममा भुटान पुगेका छन् । आज उनी ५ सदस्यीय टोलीसहित भुटानको राजधानी थिम्पुमा अवतरण भएका हुन् ।

पूर्वराजासँग पूर्वअधिकारकुमारी (छोरी) प्रेरणा र पूर्वशाहज्यादी (भतिजी) शिताष्मा पनि छन् । पारिवारिक सदस्य राजु सिंह पनि भ्रमण दलमा छन् ।

भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एयरलाइन्सबाट गएका पूर्वराजालाई स्वागत गर्न बिमानस्थलमा रातो कार्पेट ओछ्याइएको थियो । भुटानकी राजकुमारी बिमानस्थलमा रिसिभ गर्न पुगेकी थिइन् ।