बाढीपहिरोले ८०५ ठाउँ र ८ वटा पुलमा क्षति, २५ अर्ब लाग्ने

हेटौंडा खबर
१७ आश्विन २०८१, बिहीबार १८:४६

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यही शुक्रबार रातिको बाढीपहिरो र डुबानका कारण देशभर क्षति पुगेका सडकलगायत पूर्वाधारको विवरण सार्वजनिक गरेको छ ।

सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री देवेन्द्र दाहालले क्षतिको विवरण, हालको अवस्था र अबको योजना पेश गरे ।

मन्त्रालयद्वारा सार्वजनिक गरिएको ३४ वटा राजमार्गका ८०५ ठाउँ अवरुद्ध भएको छ । तीमध्ये ७७४ ठाउँको पहिरो हटाएर २९ वटा राजमार्गमा यातायात सुचारु गरिएको छ ।

हालसम्म प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी रूपमा यातायात चालू गर्न साढे २ देखि ३ अर्ब लाग्ने देखिएको साथै क्षतिग्रस्त सम्पूर्ण संरचना स्थायीरूपमा पुन:स्थापना गर्न २० देखि २५ अर्ब लाग्ने अनुमान छ ।

प्रकोपले ६ वटा पुलमा पनि क्षति पुगेको छ ।