हेटौंडाको चुरियामाई मन्दिर नजिक बस र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

हेटौंडा खबर
२५ पुष २०७७, शनिबार ०८:२१

गएराति हेटौंडा उपमहानगरपालिका १५ स्थित् चुरियामाई मन्दिर नजिक दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-पथलैया सडकखण्डमा बस र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु र एक जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जनकपुरबाट काठमाडौं जाँदै गरेको ना ६ ख  ६९६३ नम्बरको बस र हेटौंडाबाट पथलैया जाँदै गरेको ना६३ प १५० नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलको पछाडि सवार हेटौँडा-३ बस्ने अन्दाजी ४३ बर्षीय देवी लामाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते लामाकोउपचारको क्रममा हेटौंडा स्थित चुरेहिल अस्पतालमा मुत्यु भएको हो । मोटरसाइकल चालक हेटौँडा(३ लेवट बस्ने अन्दाजी ३५ बर्षीय इश्वर नेपालको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालक ईलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*