बागमती प्रदेशको प्रदेशसभा बैठक फेरी स्थगित

हेटौंडा खबर
५ फाल्गुन २०७७, बुधबार १०:११

बागमती प्रदेशको प्रदेशसभा बैठक फेरी स्थगित भएको छ । यस अघि गत माघ १९ गतेका लागि बोलाइएको बैठक बिशेष कारणले भन्दै १८ गते राति एक सुचना निकालेर स्थगित गरिएको थियो ।

फागुन ५ गते आज बुधबार दिनको २ बजे बस्ने भनिएको प्रदेशसभा बैठक आज बिहान अचानक अर्को सुचना नभएसम्मको लागि भन्दै स्थगित गरिएको छ । विशेष कारणले गर्दा अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्ण हरि खड्काले बताए ।

मूख्यमन्त्री डोरमणि पौडेलविरूद्ध टेबुल भएको अविश्वासको प्रस्तावमाथि आजबाट छलफल शुरू हुने जनाइएको थियो । यस अघि पनि मुख्यमन्त्री पौडेलले अविश्वासको प्रस्तावको सामना गर्न नसकेकै कारण स्थगित गरिएको बैठक दोस्रो पटक अन्तिम समयमा पुनः स्थगित गरिएको छ ।

बैठक स्थगित भएपछी प्रदेशसभा सदस्यहरुले बिरोध पत्र बुझाउने तयारी गरेका छन्  ।

पटक पटक सभामुखले यसरी मनलाग्दी गर्नु सह्य हुन्न त्यसैले हामीले बिरोधपत्र बुझाउने तयारी गर्दैछौं प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले बताईन्  ।

यसमा तपाइको मत

Your email address will not be published.


*