‘मिस मकवानपुर’ सिजन ३, भदौमा ग्र्याण्ड फिनाले

हेटौंडा खबर
२६ फाल्गुन २०७७, बुधबार १९:०६

हेटौंडामा मिस मकवानपुर सिजन –३ प्रतियोगिता हुने भएको छ ।

कलिउड सुपर डान्स एन्ड फिटनेस प्रालि एवम स्पाक्लिङ्ग सिज प्रालिको सहकार्यमा मिस मकवानपुर सिजन –३ बारे बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । मिस मकवानपुर सिजन –३ प्रतियोगिता भिडियो जिङ्गल शिक्षाविद् तथा समाजसेवी पुरन बहादुर जोशीले सार्वजानिक गर्दै आवेदन खुल्ला गरिएको कलिउड सुपर डान्स एन्ड फिट्नेस प्रालिका संचालक सुजन श्रेष्ठले बताए ।

विजेता हुनेले हेटौंडा स्कुल अफ म्यानेजमेन्टको ब्रान्ड एम्बेसडरको रुपमा एक वर्ष रहने गरी नियुक्ती गरिने जोशीले बताए । प्रतियोगिता आगामी जेष्ठबाट अडिसन सुरु भई भदौमा ग्राण्ड फिनाले गरिने संचालक श्रेष्ठले बताए ।

प्रतियोगिताको उपाधि विजेताले चादीँको ताज र नगद एक लाख रुपैया तथा विभिन्न पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५० हजार सहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । यस्तै तृतीय हुनेले नगद २५ हजार सहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन भने भ्युवर्स च्वाईसले नगद २० हजार रुपैया प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागिता जनाउन १६ वर्ष पूरा भई २४ वर्ष ननाघेको अविवाहित नेपाली नागरिक हुनुपर्ने बताईएको छ । यस्तै सहभागीको उचाई ५ फिट हुनुपर्ने छ भने शैक्षिक योग्यता एसईई उत्तिण हुनुपर्ने प्रावधान रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा करिब २८ लाख रुपैया खर्च हुने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*