हेटौंडामा शहिद स्मृृति गोल्डकप सुरु, सर्वोत्कृष्ट खेलाडीले पाउनेछन् ‘बुलेट बाइक’

हेटौंडा खबर
२७ फाल्गुन २०७७, बिहीबार २२:०४

हेटौंडामा बिहीबारबाट स्थानीय तह शहिद स्मृृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता तेस्रो संस्करणको खेल सुरु भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको खेलको उद्घाटन धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले गरेका थिए ।

उनले खेल क्षेत्रलाई विकास गर्न अन्तराष्ट्रिय स्तरको बहुउपयोगि गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला यही बैशाखबाट सुरु गर्नेगरी काम भइरहेको जानकारी दिए । उनले रंगशालाई अझ व्यवस्थित बनाउनको निम्ती सबैलाई सहयोग गर्न आग्रह गरे ।

मकवानपुरका १० स्थानीय तहहरुको प्रायोजनमा भएको खेलको प्रतियोगितामा हेटौंडा रिगल रिसोर्ट मकवानपुर ११, नेपाल आर्मी, एपीएफ क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, बागमती युवा क्लब, सर्लाही, नवजनजागृति युवा क्लब सिमरा र अफ्रिकन रुट्स एसोसिएन सहभागिता छन् ।

नकआउट चरणमा हुने खेलको उद्घाटन खेल मकवानपुर ११ र नवजागृति युवा क्बल सिमराबीच भएको थियो । आजको खेलमा मकवानपुर ११ले नवजागृति युवा क्बल सिमरालाई ४–१ गोल अन्तरले पराजित गर्दै  बिजयी सुरुवात गरेको छ । खेलको २० औं मिनेटमा मकवानपुरको तर्फबाट अमित श्रेष्ठले हानेको प्रहार गोलपोष्टबाट नजिकबाट बाहिरेता पनि २८ औं मिनेटमा विमल रानाले पहिलो गोल गर्दै आफ्नो समूहलाई अग्रता दिलाएका थिए । खेलकै ३२ मिनेटमा ३० यार्ड बाहिरबाट प्रहार गरेको बल जाली चुमाउदैं मोहित गुरुङले मकवानपुर ११ लाई गोल फर्काएका थिए ।

पहिलो हाफ गोलबराबरीमा रहेता पनि खेलको दोस्रो हाफको ५७ औं मिनेटमा मकवानपुरको तर्फबाट रन्जन विष्ठले एक गोल, ६६ औं मिनेटमा बिमल रानाले एक गोल र ७५ औं मिनेटमा अमित श्रेष्ठले थप एक गोल गर्दै मकवानपुर ११ विजयी भएको छ । खेल सँगै नवजागृति युवा क्बल सिमरा बाहिरेको छ । प्रतियोगिताको म्यान अफ द म्याच दुई गोलकर्ता मकवानपुर ११ का बिमल राना घोषित भएका छन् । शुक्रबार नेपाल आर्मी र जावलाखेल युथ क्लबबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ५० हजार सहित हेटौंडा स्कुल अफ म्यानेजमेन्टको तर्फबाट रोयल इनफिल (बुलेटबाइक) प्राप्त गर्नुहुनेछ भने विधागत उत्कृष्ट खेलाडीले २५ हजार, म्यान अफ दि म्याचले दश हजारका दरले पुरस्कार पाउने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*