अब गुगल फोटोजमा भिडियो एडिटिङ गर्न मिल्ने

हेटौंडा खबर
२८ फाल्गुन २०७७, शुक्रबार १४:०५

 फोटोहरुका लागि ब्याकअप राख्ने उत्तम स्थान हाे, गुगल फोटोज । यसमा तपाईंले फोटोलाई एडिट समेत गर्न सक्नुहुन्छ ।

यसैबीच गुगल फोटोजले भिडियो एडिटिङका लागि पनि टुलहरु उपलब्ध गराउने भएको छ । यसमा आउने नयाँ अपडेटमा भिडियो एडिटिङका धेरै टुलहरु उपलब्ध हुनेछन् ।

गुगलले आफ्नो नयाँ भिडियो एडिटिङ टुलका फिचरबारे यसअघि नै विस्तृतरुपमा बताइसकेको छ । तर यसलाई कहिले सार्वजनिक गर्ने भन्ने विषयमा केही उल्लेख गरेको छैन ।

तर डेभलपरहरुको संस्था एक्सडीए डेभलपरका अनुसार केही व्यक्तिहरुले यो नयाँ फिचरलाई आफ्नो फोनमा पाउन थालिसकेका छन् ।

यसको अर्थ गुगल फोटोजले यो नयाँ फिचरलाई अहिले केही मुलुक र केही प्रयोगकर्ताका लागि भने रोलआउट गरिसकेको छ ।

यसले बाँकी प्रयोगकर्ताका लागि पनि यो फिचर चाँडै नै औपचारिक रुपमा सार्वजनिक हुने संकेत दिएको छ ।

कस्ता छन् त नयाँ फिचरहरु ?

त्यसो त नयाँ गुगल फोटोज अपडेटले तपाईंलाई पोर्टेबल प्रिमियर प्रो वा उत्कृष्ट वर्कस्टेसन त प्रदान गर्दैन । तर स-साना त्रुटि भएका भिडियाेहरुलाई सम्पादन गर्न यो एकदमै उपयोगी छ ।

तपाईंले आफ्नो चाहनाअनुसार भिडियोलाई घुमाउन वा बङ्ग्याउन सक्नुहुन्छ । भिडियोलाई मार्किङ गर्न पनि सकिन्छ । अझ तपाईं ट्युटोरियल बनाउँदै हुनुहुन्छ भने यसमा फिल्टर र स्टिकर पनि राख्न मिल्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*