प्रचण्डको दाबी : ‘माधव नेपालहरुले एमाले कब्जा गर्छन्, नभए विद्रोह’

हेटौंडा खबर
२८ फाल्गुन २०७७, शुक्रबार १४:२४

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले छिट्टै एमाले क्याप्चर गर्ने बताएका छन् ।

माधव नेपाल र झलनाथहरुले एमाले क्याच्पर नगरे छिट्टै विद्रोह गर्ने उनको दाबी छ । शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने,”या त माधवजीहरुले छ्ट्टिै एमाले क्याप्चर गर्ने स्थिति हुन्छ र केपी ओलीलाई बाहिर हटाउने स्थिति बन्छ, होईन भने माधवजीहरुले विद्रोह गर्ने स्थिति बन्छ । र, उहाँहरु र हामी मिलेर फेरि आन्दोलनकारी ठूलो शक्ति बन्छ । यो विश्वास मैले लिएको छु । र, हामी लगातार छलफलमै छौं । हामी कुराकानीमै छौं ।”

उनले अब आफ्नै खुट्टामा उभिने भन्दै संगठन बलियो बनाउनतिर सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले भने,”टेक्नु त आफ्नै खुट्टामा टेक्नुपर्ने रहेछ । बद्मासीहरुसँग होईन् । मलाई पश्चात् छ, मैले कस्तालाई मन्त्री बनाएँ, प्रचण्डलाई प्रचण्ड बनाउने साथीहरुलाई मन्त्री बनाएको भए, यो दिन त देख्नुपर्दैन ।”

यसमा तपाइको मत

Your email address will not be published.


*