तु खबरका सम्पादक गिरिजा अधिकारीलाई ‘जनसेवा श्री’ पदक

हेटौंडा खबर
३ आश्विन २०७८, आईतवार १३:२३

सरकारले पत्रकारितामार्फत समाजमा विशिष्ट योगदान पुर्याएको भन्दै तु खबर डटकमका सम्पादक गिरिजा अधिकारीलाई सम्मान गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले अधिकारीलाई प्रवल जनसेवा श्री प्रदान गर्ने घोषणा गरेको हो ।

गृह मन्त्रालयले संविधान दिवस २०७८ को अवसर पारी विभिन्न क्षेत्रबाट समाजमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई विभूषण, मानपदवी तथा अलंकारबाट सम्मान गरिने उल्लेख गरेको छ ।

अधिकारी पत्रकार, साहित्यकार तथा गीतकार हुन् । २०४२ सालमा सिन्धुपाल्चोक जिल्लामा जन्मिएका उनी मकवानपुरका स्थायी वासिन्दा हुन् २०५७ सालबाट पत्रकारितामा आवद्ध अधिकारीले पर्सा जिल्लाको वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिकबाट पत्रकारिता सुरु गरेका हुन् ।

अधिकारीले पत्रपत्रिका, एफएम रेडियो र टेलिभिजनमा सम्पादकीय विभागको नेतृत्व गरेर काम गरिसकेका छन् । काठमाडौँबाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकको उपसम्पादक, शौर्य दैनिकको बरिष्ठ उपसम्पादक, हेटौंडाबाट प्रकाशित हुने थाहा सन्देश दैनिक र प्रदेश दैनिकको सम्पादक, टिम टेलिभिजनको डेक्स सम्पादक र साम साप्ताहिकको सम्पादकको रुपमा काम गरिसकेका उनी हाल तु खबर डटकमको सम्पादकको रुपमा कार्यरत छन् ।

सुप्रवल जनसेवाश्री मानपदवीबाट सम्मानित हुने पत्रकारहरु–
तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतीक प्रधान, हरिबहादुर थापा ।

कृतिमय राष्ट्रदीप मानपदवीबाट सम्मानित हुने पत्रकारहरु–
ओम शर्मा, गुणराज लुइटेल, महेश्वर दाहाल ।

प्रवल जनसेवाश्री मानपदवीबाट सम्मानित हुने पत्रकारहरु–
अजयबाबु शिवाकोटी, बद्री सिग्देल, ऋषि धमला, नेत्रकुमार केसी, मुकुन्द दाहाल, दिलभुषण पाठक, समा थापा, विश्वमणि पोखरेल, कविर राणा, रविन सायमी, रवि मिश्र, अनिता बिन्दू, डा. बालकृष्ण चापागाई, माधव ढुङ्गाना, प्रकृति अधिकारी, गोविन्द धिताल, शालिक सुवेदी र भीष्मराज ओझा, डा. नवराज लम्साल, रीता सापकोटा  ।

जनसेवा श्री पदकबाट सम्मानित हुने पत्रकारहरु–
भुवन शर्मा, दीपक खरेल, भरतवन्धु थापा, गिरिजाप्रसाद अधिकारी, किसन राई, खगेन्द्र अधिकारी, नारायण अमृत, शेखर कार्की, सुनील महर्जन, रोशन सापकोटा, रेखा भुषाल, विष्णु खड्का, आकांक्षा शाह, वृजकुमार यादव, नरेन्द्र साउद, लीला बराल, भवानी कार्की, राममाया भट्टराई, वृजलाल पासवान, दीपेन्द्र श्रेष्ठ, डम्बरबहादुर अधिकारी ।

यसमा तपाइको मत

Your email address will not be published.


*