हेटौंडा अस्पतालमा कानुन मिचेर ८० लाख बढीको सामान खरिद गरेको भेटियो

हेटौंडा खबर
२८ पुष २०७८, बुधबार २१:१३

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा गैर-कानुनि ढंगबाट ८० लाख बराबरको स्वास्थ्य सामाग्री खरिद गरेको पाईएको छ ।

अस्पतालको ल्यावमा भएका मेशिनहरुमा प्रयोग हुने लाखौँ रुपैया पर्ने केमिकलहरु तथा विभिन्न स्वास्थ्य उपकरण कानुन विपरित मगाइएको  पाईएको हो । विभिन्न परिक्षणहरु गर्ने मेशिनमा लाग्ने केमिकल खरिदका लागि कानुन अनुसार सार्वजनिक खरिद ऐन अनुसार प्रक्रिया पुराएर खरिद गर्नुपर्ने सामाग्री मनलाग्दी ढंगबाट खरिद गरी भुक्तानी दिन लागिएको पाईएको छ ।

हेटौंडा अस्पतालले ल्याबको उपकरणमा लाग्ने यस्ता सामाग्री खरिद गर्नको लागि हरेक वर्ष टेन्डर आव्हान गरी खरिद गर्ने गरिएको थियो । तर अस्पताल प्रतिष्ठान मातहतमा गैसकेपछि गत वर्षको ठेक्काको म्याद गत असारमा सकिएपछी टेन्डर प्रक्रियामै नगई प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले सिधै खरिद गरिएको पाईएको छ ।

थाईराइड मेशिन, वायो केमिकल एनेलाइजर, प्रोटिन एनेलाइजरलगायतमा लाग्ने सामाग्री सिधै खरिद गरिएको पाईएको छ । यद्दपी प्रतिष्ठानले त्यसोगरेपनि अस्पताल प्रशासनबाट भने भुक्तानी नभएको भेटिएको छ ।

रजिस्ट्रार प्रसाईले आफूखुसी काठमान्डौका ३ र भारतपुरको १ कम्पनिबाट सोझै सामान खरिद गरेका हुन् । साउनदेखि यता ६ महिना बितिसक्दा समेत खरिद ऐन अनुसार टेन्डर प्रक्रियामा गई खरिद गर्नुपर्नेमा सोझै सामान मगाईएको छ ।

भरतपुरको उत्सव मेडिकल सप्लायर्स, काठमान्डौको हिमशिखर वायो मेडिकल प्रालि, बि एस आर वायोटेक प्रालि र एक्सिस मेडिबिज प्रालिबाट सोझै लाखौँको सामान खरिद गरिएको भेटिएको छ । उक्त ४ कम्पनीहरुले अस्पतालमा ८० लाख बढी रकमको बिल पेश गरेका छन् ।

यस्ता मेशिनमा प्रयोग हुने केमिकल एकै कम्पनीको मात्र लाग्ने हुन्छ । सरकारको नियमअनुसार यस्ताखालका सामाग्री खरिद गर्दा सोझै खरिद गर्न पनि सकिने व्यवस्था छ, तर सिमित रकम बराबरको लागि मात्र ।

खरिद नियमावलीको परिक्षेद ८५ मा उल्लेख भए अनुसार यस्ता स्वास्थ्य सामाग्री खरिद गर्दा २० लाख रुपैया भन्दा कमको सामाग्री सोझै खरिद गर्न सकिने पनि भनिएको छ ।  तर जो बिक्रेता हो नेपालको लागी एकमात्र आधिकारिक बिक्रेताबाट मात्र खरिद गर्नुपर्ने सरकारी प्रावधान रहेको छ ।

ऐनको सोझै खरिद गर्न सकिने व्यवस्थाको दफा ४१ को उपदफा १ ख मा एकै आर्थिक वर्षमा २० लाख रुपैया भन्दा बढीको सामान एकै व्यक्ति,फर्म,कम्पनिबाट खरिद गर्न नपाईने भनेको छ । तर प्रतिष्ठानले एकै कम्पनीबाट २० लाख भन्दा बढीको स्वास्थ्य सामाग्री मगाएको छ । त्यो त्योपनि गत वर्ष भन्दा निकै बढी मूल्य पर्ने गरि ।

४ वटा कम्पनिको ८० लाख भन्दा बढी रकम भुक्तानीको लागि कम्पनीले अस्पतालमा बिल पेश गरेको छ । यसलाई हेर्दा प्रतिष्ठान र बिक्रेताको मिलेमतोमा यो काम भएको भनि शंका गर्ने स्पस्ट आधार बनेको छ ।

बिक्रेता माथिनै शंका

औषधि जन्य सामाग्री सोझै खरिद गर्दा नेपालको एकमात्र आधिकारिक बिक्रेता र अन्तराष्ट्रिय मान्यता प्राप्त कम्पनि हुनुपर्ने कानुनि प्रावधान रहेको छ । हेटौंडा अस्पतालका अध्यक्षले सोझै खरिद गरेका ४ कम्पनि मध्ये एक कम्पनि आधिकारिक कम्पनि नै नभएको बुझिएको छ । भरतपुरको उत्सव मेडिकल सप्लायर्स नेपालका लागि आधिकारिक बिक्रेता नभएको स्रोतले बताएको छ । अस्पतालले भने हचुवाको भरमा त्यस्तो कम्पनीबाट सामान खरिद गरेको भेटिएको हो ।

हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा गएपछि निकै सुधार हुने र नागरिकले सर्वसुलभ सेवा पाउने विस्वास लिइएको थियो । तर हाल अस्पताल जस्तो संबेदनशील ठाउँमा राजतिनिक व्यक्ति हावी भई अनियमितता निकै भैरहेको आशंका गर्न थालिएको छ ।

त्यसोत नियुक्तिदेखिनै विवादमा मुछिएका प्रतिष्ठानका रजिष्ट्रार एवं अस्पतालका अध्यक्ष प्रसाईले कानुन मिचेर आफूखुसी गर्ने गरेको पाइएको छ । कर्मचारी नियुक्तिदेखि खरिद प्रक्रियामा कुनैपनि कानुनि मापदण्ड र नियमलाई नमानी कानुन विपरितका काम गरिरहेका छन् । उनले राजनीतिक दम्भ देखाउदै कानुन मिचेर थुप्रै कामहरु गरेको स्रोतले बताएको छ ।

रजिष्ट्रार प्रसाई बागमती प्रदेशका पुर्व प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईका छोरा हुन् । नेकपाको सरकार भएका बेला एमालेका विष्णुप्रसाद प्रसाईलाई प्रदेश प्रमुख बनाईएको थियो ।

यो पनि पढ़नुहोस् 

 

यसमा तपाइको मत

Your email address will not be published.


*