हेटौंडामा प्रहरीले प्रदर्शनकारीलाई ढुंगा हान्दै गरेको भिडियो

हेटौंडा खबर
२७ माघ २०७८, बिहीबार १५:५१

यो भिडियोमा प्रहरीले प्रदर्शनकारीलाई ढुंगा प्रहार गरेको देख्न सकिन्छ । यो दृश्य गत मंगलबारको हो ।

गत सोमबार हेटौंडा–९ पशुपतिनगरमा बसको ठक्करबाट हेटौडा चाइनाक्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको विषयलाई लिएर मंगलबार स्थानीयले सडक अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेर राजमार्ग खुलाएको थियो ।

चाइनाक्वाटरका स्थानीयले दोषीमाथि कारवाहीको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी सडक अवरुद्ध गरेका थिए ।

अवरुद्ध सडक खुलाउन प्रहरीले अश्रुग्यास नै प्रहार गर्नुपरेको थियो । प्रहरीले बल प्रयोग गर्न थालेपछि प्रदर्शनकारी आक्रोशित हुदै ढुंगा प्रहारमा उत्रिएका थिए ।

भिडियोमा एक प्रहरीले सडकको ढुंगा टिप्दै हान्दै गरेको दृश्य देख्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*