नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक

हेटौंडा खबर
२२ फाल्गुन २०७८, आईतवार १२:५१


नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

बैठक फागुन २५ र २६ गते काठमाडौंमा सम्पन्न हुने संगठन विभागका सचिव लक्ष्मण केसीले बताए ।

बैठकमा आसन्न स्थानीय निर्वाचनको तयारीसहित विविध समसामयिक एवं सांगठानिक विषयमा छलफल हुने सचिव केसीले बताए ।

उक्त बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन र महासचिव बेदुराम भुसालले सांगठानिक प्रतिवेदन पेश गर्ने तयारी छ । बैठकमा विभिन्न विभाग, निकाय र भूगोलका कार्ययोजना, रणनीति र कार्यक्रमबारे छलफल हुने सचिव केसीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*